गोरखा समाचारदाता
गोरखा – गोरखाको थुमीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् ।
च्याउ खादा परिवार भित्रका श्रीमान, श्रीमती र ३ छोराछोरीहरु बिरामी परेका हुन् ।
स्थानिय स्तरमा पाउने च्याउ खाएर आरुघाट गाउँपालिका ४ थुमीका गाइने बिक, उनकी श्रीमती र ३ जना छोराछोरी बिरामी परेको छ ।
वडाध्यक्ष कृष्ण धमलाका अनुसार परिवारका कान्छा सदस्य ११ बर्षिय छोराको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
कामका लागि आएका गाईने बिक पटक पटक लडे पछि सोधपुछ क्रममा खाना संग च्याउ खाएको बताए पछि उनको घरमा गएर हेर्दा सबै बिरामी भएर सुतिरहेका अवस्थामा फेला परेको वडाध्यक्ष धमलाले जानकारी दिए ।
सबैको आरुघाट प्रार्थमक स्वास्थ्य चौकीमा उपचार भई रहेको छ ।




















