गोरखा समाचारदाता
गोरखा – गोरखाको धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रमा पहिरो जादाँ पहिरोमा पुरिएर १ जना सडक मजदुरको ज्यान गएको छ भने अन्य २ जना घाईते भएका छन् ।
धार्चे गाउँपालिका ३ स्थित तातोपानी क्षेत्रमा पहिरोमा पुरिएर सडक निर्माणमा खटिएका एक मजदुरको ज्यान गएको हो भने अन्य २ जना घाईते भएका हुन् ।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट–आरुघाट– लार्के सडकखण्डमा काम गर्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ घर भएका २६ बर्षिय नरेन्द्र शाहीको पहिरोले पुरिएर ज्यान गएको छ ।
सडक निर्माणका क्रममा आइतबार दिउँसो खसेको सडक माथिको पहिरो पन्छ्याउने क्रममा पुनः खसेको पहिरोमा परि शाही ज्यान गएको धार्चे गाउँपालिकाले जनाएको छ ।
घाईते २ जनाको नाम भने खुल्न सकेको छैन ।


