गोरखा समाचारदाता
गोरखा – गोरखाको २ गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा र सिरानचोक गाउँपालिकाका ६ जना कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब गोरखा जिल्लामा संक्रमितको संख्या ८२ पुगेको छ ।
संक्रमित हुनेहरुमा भीमसेन थापा गाउँपालिकाका ५ जना र सिरानचोक गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । संक्रमित सबै क्वारिन्टीनमा बसेकाहरु हुन् ।
संक्रमित सबै पुरुष भएका र उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा ल्याउने तयारी भई रहेको छ ।


