गोरखा समाचारदाता
गोरखा – गोरखा बोर्लाङकी एक महिला झुण्डीएको अवस्थामा फेला परेकी छिन् ।
भीमसेन थापा गाउँपालिका ७ बोर्लाङकी महिला घर भित्रै झुण्डीएको अवस्थामा फेला परेकी हुन् ।
२८ बर्षकी सपना रोका आफ्नै घर भित्र झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । घरमा सबै परिवार साथैमा रहेको बेला आज (सोमबार) बिहान ४ बजे पटुकाको पासो लगाएको अवस्थामा महिला फेला परेकी हुन् ।
अहिले घटनास्थललाई बोर्लाङ प्रहरीले नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको एक टोली घटना स्थलतर्फ गएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















