गोरखा समाचारदाता
सर्लाही – जिल्लाको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।
झडपमा गोली चल्दा नेपाली काँग्रेसका १५ जना र नेकपाका ३ जना घाईते भएका हुन् ।
रामनगरमा साता दिन अघि नेकपाका कार्यकर्ता ६० वर्षीय रामजल रायको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।
विवादका बिचमा गोली चल्दा गोलीको छर्रा लागेर १८ जना भएको रौतहट प्रहरीले जनाएको छ । दुवै पार्टीले एक अर्कालाई गोली चलाएको आरोप लगाउको छ । तर गोली कुन पक्षबाट चलेको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक नियन्त्रणमा लिएको छ ।
मृत्तक रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको नेकपाको आरोप छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।
यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै रहेको छ ।


