गोरखा समाचारदाता
भोजपुर – जिल्लाको अरुण गाउँपालिका ३ प्याउलीमा आगलागी हुँदा ३ वर्षीया बालिकाको ज्यान गएको छ ।
स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको हो ।
आगलागीमा परी घाईत भएकी बालिकाको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा ज्यान गएको हो । विद्युत लाईन सर्ट भएर घरमा आगलागी हुदा बच्चीको ज्यान गएको हो ।
आगलागीबाट घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जल्दा १७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइ सकिएको भोजपुर प्रहरीले जनाएको छ ।


