गोरखामा आज सम्म संक्रमितको संख्या ७८ पुग्यो
गोरखा समाचारदाता
गोरखा – गोरखामा १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण भएको पुष्टी भएको हो । यो सहित गोरखा जिल्लामा संक्रमितहरुकोसंख्या ७८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार राती सिरानचोक गाउँपालिकाका ३६ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तीजारी गरी पुष्टी गरेको छ ।
संक्रमित ब्यक्तिलाई आज (सोमबार) जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा ल्याउने तयारी भई रहेको छ ।
जिल्लामा संक्रमित मध्ये शुक्रबार राती सम्म २० जनाको सफल उपचार पछि घर फर्किसकेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार राती सम्म गण्डकी प्रदेशमा संक्रमितको संख्या ८९६ पुगेको जनाएको छ । संक्रमित मध्ये १९८ जना सफल उपचार पछि घर फर्किएका छन् ।





















