अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाईयो
गोरखा समाचारदाता
गोरखा – सदमुदाय स्तरमा कोरोना संक्रमण फैलिएको जिल्लाको ३ स्थानलाई ‘कोभिड–१९ संक्रमित क्षेत्र’ घोषणा गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र ब्यवस्थापनको लागि गठिन जिल्ला स्तरीय कमाण्ड पोष्टको आजको बैठकले गोरखाको भीसेन थापा गाउँपालिकाको रिठे्पानी, मोहरिया र महादेवटारलाई ‘कोभिड–१९ संक्रमित क्षेत्र’ घोषणा गरेको हो । घोषणा संगै अब अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाईएको छ ।
गण्डकी प्रदेश भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको उपस्थितीमा भएको कमाण्ड पोष्टको आज बसेको बैठकले ‘भीमसेन थापा गाउँपालिकामा २९ जना कोरोना भाइरस कोभिड–१९ को संक्रमित विरामी भेटिएकोमा समुदाय स्तरमा ८ जना कोरोना संक्रमित विरामी भेटिएकोले कोरोना भाइरसको थप जोखिम न्यूनिकरण तथा उपचारको लागि सम्वन्धित गाउँपालिकाको सिफारीस समेतको आधारमा समुदायस्तरमा कोरोनासंक्रमित भेटिएको ..क्षेत्रलाई संक्रमणको अवस्था हेरी हाललाई कोभिड–१९ संक्रमित क्षेत्र घोषणा गर्ने’ भन्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही बैठकले ‘सो क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका कुनै पनि क्रियाकलाप गर्न रोक लगाउने र आवश्यताअनुसार कन्ट्याक्ट ट्रेसिङ कार्यलाई तिब्रता दिने, हरेक स्थान र घर–घरको निगरानी गर्न गराउन आवश्यक ब्यवस्था गर्ने’ निर्णय भएको छ ।
हरेक स्थान र घर घरको निगरानीको लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने र बन्दाबन्दीलाई कडाई गरी सुरक्षा मापदण्ड २०७७ लाई प्रभावकारी कार्यान्वय गराउने निर्णय समेत भएको छ ।
बैठकमा नेकपा माओवादीका कृण्ण घिताल र नेपाली काँग्रेसका हरी घलेको समेत उपस्थिती रहेको थियो ।
रिठे्पानी, मोहरिया र महादेवटारको सिमा कहाँ कहाँ पर्ने रहेछ हेरौं





















