गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आईतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न भागमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा ४६३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा अब कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ७७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्र गौतमले आईतबार विभिन्न जिल्लाका ४६३ जना संक्रमित भए संगै संक्रमिततको संख्या कुल संख्या १२ हजार ७७२ पुगेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपालभरी रहेको क्वारेन्टाइन ६१ हजार ७३१ र आइसोलेसन ९ हजार ७३१ जना रहेको पनि जानकारी दिए ।
आजै मात्रै कोरोना जितेर १८९ आइसोलेशनबाट घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३ हजार १३ पुगेको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष हुन् ।
कुल संक्रमितमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।




















