गोरखा समाचारदाता
गोरखा – आईतबार बिहानै देखी गोरखामा पनि सलह किरा देखा पर्न थालेको छ ।
जिल्लाको बारापाक सुलिकोट र शहिद लखन गाउँपालिकाको केही क्षेत्रमा सहल किरा देखिन थालेको हो ।
भातरबाट शनिबार नेपाल प्रवेश गरेको सलह किरा जिल्लाको बारपाक सुलिकोट र शहिद लखन गाउँपालिका क्षेत्रमा देखिन थालेको कृषि ज्ञान केन्द्र गोरखाले पुृष्टी गरेको छ । ‘बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाको केही क्षेत्रमा सोही प्रकृतिका साना समूहमा किरा फेला परेको’ ज्ञान केन्द्रकी प्रमुख मनिता थालाले बताईन । ‘तर बालीनालीमा यसले अहिले सम्म क्षति नपुरयाएको’ समेत थापाले बताईन ।
अहिले बारपाक सुलिकोटको बारपाक क्षेत्रमा र शहिद लखन गाउँपालिक ३ को करनटार क्षेत्रमा त्यस्ता किरा देखा पर्न थालेको छ । त्यहाँका स्थानियले किराको फोटोहरु फेसबुक वालमा पोष्ट गर्न समेत थालेका छन् ।
हावालको वहावले किराको सानो समूह गोरखा प्रवेश गरेको हुन सक्ने ज्ञान केन्द्रले जानकारी दिएको छ ।
करनटार क्षत्रमा फेला परेको किराले बालीमा हानी गर्न थालेको देखिएका भएता पनि बारपाकमा फेला परेको किराले बालीमा नोक्सानी गरेको छैन । बारपाक चिसो भएका सनिबार साँझ नै आईपुगेको किरा लठ्एिर बसेको स्थानियले जानकारी दिएका छन् ।
बारपाक क्षेत्रका किसानहरु सलह किरादेखिए पछि बिहानै बारीमा आफ्ना अन्नबाली कुरेर बसेका छन् । किरा देखिएको क्षेत्रमा अहिले ज्ञानकेन्द्रमा प्राविधिकहरु पुगेको र अध्ययन गरी रहेको कार्यालयले जनाएको छ ।
गोरखाको शहिद लखन गाउँपालिका ३ को करनटार क्षेत्रमा देखिएको सलह किराको समूह
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको बारपाक बजारमा देखिएको सलक किरा
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको बारपाक बजारमा देखिएको सलक किरा





