गोरखा समाचारदाता
काठमाण्डौं – तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै छ ।
उनको सम्झनामा आज विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
भण्डारीको जन्मजयन्ती भएका कारण आजको नेकपा स्थायी कमिटि बैठक समेत स्थगित गरिएको छ ।
भण्डारी कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी ज्यान गएको थियो ।
उनको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।


