गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ ।
आजसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ हजार ७०० सय नाघेको हो ।
संक्रमित मध्ये विश्वभरीमा नै अमेरिका अग्र स्थानमा छ । त्यहाँ अहिले सम्म २५ लाख ९६ हजार ५०० भन्दा बढी मानिस संक्रमित भएका छन् ।
अमेरिका पछि ब्राजिलमा १३ लाख १५ हजार ९०० सय भन्दा बढि मासिन संक्रमित छन् भने रुसमा ६ लाख २७ हजार ६०० सय भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अन्य देशहरुमा भारतमा ५ लाख २९ हजार ५००, बेलायत ३ लाख १० हजार २००, स्पेन २ लाख ९५ हजार ५००, पेरु २ लाख ७५ हजार ९००, चिली २ लाख ६७ हजार ७००, ईटाली २ लाख ४० हजार १०० र ईरानमा २ लाख २० हजार १०० भन्दा बढी संक्रमित रहेको छ ।
मेक्सिको २ लाख १२ हजार ८००, पाकिस्तान १ लाख ९८ हजार ८००, टर्की १ लाख ९५ हजार ८००, जर्मनमा १ लाख ९४ हजार ६०० जना संक्रमित भएका छन् । त्यस्तै गरी साउदी अबर १ लाख ७८ हजार ५००, फ्रान्स १ लाख ६२ हजार ९००, बंगलादेश १ लाख ३३ हजार ९००, दक्षिण अफ्रिका १ लाख ३१ हजार ८०० भन्दा बढी संक्रमित भएका छन् भने क्यानडामा १ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् ।
अन्य देशहरुमा यो भन्दा कम संख्या संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संक्रमित मध्ये आज बिहान सम्म ५४ लाख ५८ हजार ५०० भन्दा बढी मानिस सफल उपचार पछि घर फर्किएका छन् ।
संक्रमणकै कारण अहिले सम्म विश्वभरीमा ५ लाख १ हजार ३०० भन्दा बढी मानिसले ज्यान गुमाई सकेका छन् ।




















