एजेन्सी – ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारूलाई मास्क लगाएर मात्र हिड्न अदालतले आदेश दिएको छ ।
संघीय न्यायधीश रेनाटो बोरेर्लीले आदेशको पालना नगरेमा उनीमाथि जरिवाना समेत गर्न आदेश दिएको छ ।
बोल्सोनारूमाथि कोरोना संक्रमणलाई गम्भिरतापूर्वक नलिएको आरोप लाग्दै आएको छ ।
आदेशको उलग्घन गरेमा उनीमाथि प्रति दिन ३८६ डलर बराबरको जरिवाना गर्न अदालतले भनेको छ । अदालतले राष्ट्रपतिसँगै सबै सरकारी अधिकारीलाई पनि मास्क अनिवार्य लगाउन भनेको छ ।
ब्राजिल सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अप्रिल ३० देखि नै सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गरेको छ । तर बोल्सोनारू सार्वजनिक स्थलमा मास्क नलगाई उपस्थित हुने गरेका छन् ।


