गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
समसामयिक राजनीतिक परिस्थिती र पार्टीको महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएको हो ।
पार्टी कार्यालय सानेपा ललितपुरमा दिउसो २ः०० बजेपछि हुने बैठकमा सरकारले अघि बढाएको नागरिकता विधयेक, कोरोना संक्रमण नियन्त्रणमा सरकारको भुमिका लगायतका विषयमा छलफल हुने एक कांग्रेस नेताले बताए ।
बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।
कोरोना संक्रमणकै कारण कार्यतालिका प्रभावित भएपछि कांग्रेसले त्यसमा हेरफेर गर्न लागेको हो ।
कांग्रेसको १४ महाधिवेशन आगामी फागुनमा गर्ने तयारी छ ।


