गोरखा समाचारदाता
रुपन्देही – रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको कार दुर्घटनामा परि ज्यान गएको छ ।
न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको गएराति आफैले चलाएको कार दुर्घटनामा हुदा ज्यान गएको हो ।
बुटवलबाट तिलोत्तमाको ड्राइभर टोलतर्फ जाँदैगर्दा बा. ७ च ६९५९ नम्बरको कार तिलोत्तमाको ड्राइभर टोलमा सडक छेउमा राखिएको रेलिङमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
पाण्डेको स्थायी घर भने स्याङ्जा कालीगण्डकी गाउँपालिका बिर्घा हो ।
गोरखा समाचार परिवार मृक्त आत्मा प्रति हार्दिक श्रद्वाञ्जली दिदै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने प्राप्त होस भन्ने कामना गर्दछ ।


