गोरखा समाचारदाता
पाल्पा – सलह किरा पाल्पा आईपुगेको छ । भारतबाट नेपाल छिरेको उत्त किरा आजै बिहान पुर्वमा बारा र सर्लाही आईपुगको थियो ।
सलहले किसानले लगाएको बाली नष्ट हुने भए पछि सरकारले सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय समेत गरेको छ ।
प्रदेश नम्बर ५ को कृषी विकास निर्देशनालयले प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय गरेको निर्देशनालयले जनाएको छ ।
सङ्कलीत किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने निर्देशनाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाले दिएको जानकारी अनुसार सलह जिल्लाको दोभान हुँदै सराई र पोखराथोकसम्म आइपुगी सकेको छ ।


