गोरखा समाचारदाता
पाल्पा – पाल्पामा कोरोना संक्रमणवाट ज्यान गुमाएका ब्यक्तिको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
शव ब्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गएको जेठ २० गते पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको निधनपछि उनको शव ब्यवस्थापनमा खटिएका २ जना सैनिकमा संक्रमण देखिएको हो ।
शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दुबै सैनिकलाई अहिले आइसोलेसनमा राखिएको छ ।




















