काठमाडौं– प्रद्युम्न मिश्रको निर्देशनमा बनेकाे चलचित्र ‘धुलो’ युट्युब ट्रेण्डिङ मा आएको छ ।
मंगलबार बिहान यो चलचित्र युट्युब ट्रेण्डिङ को पाँचौँ स्थानमा पुग्न सफल भएको छ ।
तीन दिनअघि युट्युवमा अपलोड भएको यो चलचित्र करिव १० लाख (९ लाख ६७ हजार) पटक हेरिएको छ ।
यो चलचित्र गत फागुनमा सिनेमा हलमा प्रदर्शन भएको थियो ।
काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा याे चलचित्र निर्माण भएको छ ।
चलचित्र ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल, हेमन्त गौतम तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।
चलचित्रमा ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीत समेत रहेको छ ।
जसमा अभिनेत्री दीपाशा बिसी हट अवतारमा प्रस्तुत भएकी छिन् ।
दीपा धरेलको प्रस्तुति रहेको यो चलचित्रका निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन् ।
यहाँ हेरौं चलचित्र धूलो


