बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्यापछि ‘नेपोटिजम’ अर्थात् नातावादको ‘ईस्यू’ बलियो गरी उठिरहेको छ।
केहि नेपाली अभिनेत्रीहरुले समेत यसको विषयमा खुलेर बोलिरहेका छन्।
यसैबीच अर्को एउटा खुलासा भएको छ।
बलिउड अभिनेत्री कंगना रनावतले सुशान्तको आत्महत्यापछि उठेको बहसमा आफ्नो मत र भोगाई राख्दै नयाँ खुलासा गरेकी हुन्।
उनले आफूलाई पनि आत्महत्या गर्ने स्थिति आउने भनेर भनिएको खुलासा गरेपछि बलिउडमा तरंग छाएको छ।
अभिनेता राजपुतको आत्महत्यालाई योजनाबद्ध हत्या भन्दै आएकी कंगनाले आफूलाई पनि एकपटक तिमीले आत्महत्या गर्नेछौं भनिएको खुलासा गरेकी हुन्।
त्यसो त सुशान्तलाई केही स्थापित कलाकार जो कसैको फेरो समातेर फिल्म नगरीमा आएका थिए, तिनले चिन्दीन भनेको अपमान गरेको लगायतका विषय उनको आत्महत्यापछि आई नै रहेका छन्।




















