गायक निशान भट्टराई र एलिन चौहानको स्वरमा रहेको गीत लुकी छिपी किन मायामाको भिडियो सार्वजनिक भएको छ ।
गणेश सेन्चुरीको लुकीछिपी किन मायामा बोलको म्यूजीक भिडियो र गीत पश्चात संभवत नेपालमै पहिलो पटक आर्टमाण्डुले यस गीतको भिडियोको प्रिक्वेल रिलीज गरेको हो ।
गीतको भिडियोमा ग्रामीण भेगको नेपाली जनजीवन र दशकौँ अघिका परिवेश अनि बाल्यकालको गाँउले याद पस्किएका निर्देशक नविन चौहानले लुकीछीपी किन मायामा पछि यसको प्रिक्वेल गीत बनाएका छन्, के माया लाग्छ र ? गीतको बोल रहेको छ ।
गीतमा मुकुन भुषाल र सुरविना कार्कीको जीवन्त अभिनय रहेको छ । गीत हर्क साउदले लेखेका हुन् भने संगीत अंकित बाबु अधिकारीको रहेको छ । गीतको संगीत संयोजन कुशल सिंहले गरेका हुन् भने मिक्सिंग र मास्टरिङ्ग शार्दूल श्रेष्ठले आर्ट्माण्डुको आफ्नै स्टुडियोमा गरेका हुन्। भिडियो तर्फ गीतको छायांकन निशाल पौडेलले गरेका हुन् भने सम्पादन सुनिल पौडेलले गरेका हुन्।
आर्टमाण्डु नेपालको प्रोडक्शन रहेको यस गीतले नेपाली सागिंतिक क्षेत्र अनि गीतको भिडियो निर्माणको क्रममा पून ग्रामिण परिवेश र मौलीक कथाको धार फर्काएको धेरैको विष्लेषण थियो ।
यस भिडियो श्रृखलाको पहिलो भाग अर्थात प्रिक्वेल चाँही आज रिलीज हुँदै छ, उक्त भिडियो कथाका अवयवहरुको प्रथम संस्करणका रुपमा के माया लाग्छ र? बोलको गीतको भिडियोले लुकीछीपी किन मायाू मा को भिडियो कथालाई थप अर्को कथा र परिवेशले जोडिदिएको छ ।


