अभिनेत्री राधिका आप्टेको निर्देशनमा बनेको पहिलो सर्ट फिल्म ‘द स्लिप वाकर्स’ लाई यो वर्ष अनलाइनमार्फत आयोजित पाम स्प्रिङ इन्टरनेसनल सर्ट फेस्टमा द बेस्ट मिडनाइट सर्ट अवार्डबाट पुरस्कृत गरिएको छ ।
आप्टेले सोसल मिडियामा पोस्ट गरेकी छन्, ‘थ्यांकु यु ! पीएस फिल्म फेस्ट ।
हामी पाम स्प्रिङ फेस्टिभलमा बेस्ट मिडनाइट सर्ट अवार्ड जितेर बहुत रोमाञ्चित भएका छौं !
बेस्ट मिडनाइट नाइट अवार्डका विजेता द स्लिप वाकर्स बधाई !’
हालै आईएएनएससँगको साक्षात्कारमा राधिकाले भनेकी थिइन्, ‘मैले यो फिल्म निर्देशन गर्दा निकै आनन्द लिएँ ।
म उत्साहित छु, आशा छ दर्शकले यसलाई छिट्टै हेर्न पाउनेछन् ।
मलाई विश्वास छ, निर्देशकका रूपमा म अझ धेरै काम गर्नेछु ।
सहाना गोश्वामी र गुलसन देवैया अभिनीत यो लघु फिल्म राधिकाले नै लेखेकी हुन्। फिल्म स्लिप वाकिङको विषयमा केन्द्रित छ ।


