बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले हर कोही स्तब्ध छन् ।
उनले आत्महत्याको बाटो रोज्नुलाई धेरैले बलिउडमा व्याप्त नातावाद रहेको अरोप लगाएका छन् ।
गएको केही दिनयता उनका प्रशंसकहरु सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन् ।
यसबीच, सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति घोषणा गरिएको छ ।
मुकेश छाबडाको डेब्यू निर्देशित यो फिल्ममा सुशान्तको अपोजिटमा सञ्जना सांघीले अभिनय गरेकी छन् ।
यो फिल्म आउँदो महिना अर्थात् जुलाई २४ मा रिलिज गरिने भएको छ ।
यो फिल्म हलमा रिलिज हुन लागेको भने होइन ।
यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन् ।
डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने बताइएको छ ।


