गायिका प्रिती आलेको तिज गीत सार्वजनिक भएको छ ।
प्रितीको लरीलै बरिलै फरिया भिजायो मेरो बर्खे पानीले बोलमा रहेको तिज गीत सार्वजनिक भएको हो ।
गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत छ ।
गीत योगेश काजीले एरेन्ज गरेका हुन् ।
ज्ञानेन्द्र शर्मा हुमागाइँको निर्देशनमा बनेको गीतको भिडियोमा प्रिती आलेको मुख्य अभिनय छ ।
भिडियोमा अनिता तामाङ, निरु मगर, निमा लामा र इमा लामाले नृत्य गरेका छन् ।
गीतमा फरिया भिजाएको कुरादेखि, अचेलका युवायुवतीको चर्चा गरिएको छ ।
गीतमा नेपालको नयाँ नक्सा, मानिसहरु शहर केन्द्रित भएको तथा कोरोनाको विषय समेत उल्लेख छ ।


