कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज हुने भएको छ । कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् ।
बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुन लागेको बताइएको छ । फिल्मले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व.निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको निर्माता मणिराज गौतमले बताए । साथै फिल्म प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व. पन्तको परिवारलाई प्रदान गरिने उनले बताए । फिल्ममा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ ।
गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुवास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् ।
ट्रेलर :


