पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै छाइरहन्छिन् । उनी फेसवुक लगायतका सामाजिक सञ्जालमा निकै सकृय छन् । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । उनी अहिले १९ वर्षकी भइन् । कुनै वेला नेपालमा राज गरेको राजतन्त्र अहिले अवसान भएको छ । तर पनि राजपरिवार प्रतिको सर्वसाधारणको चासोमा भने कमी छैन । उनीहरुको ब्यक्तिगत र पारिवारीक जिवनका बारेमा सर्वसाधारणले चासो राखिरहन्छन् ।
पूर्णीका इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।त्यसैवाट उनीहरुको परिवार र ब्यक्तिगत जिवनका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । पुर्णिकाले आफ्ना जिवनका ब्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा पोख्ने गरेकी छन् । उनले निकै मार्मीक कथा पनि सामाजिक सञ्जालमा फोष्ट गर्छिन । उनका भावना निकै भावनात्मक हुन्छन् । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । पूर्णीकाले सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । उनले आफुसंग राखेका जिज्ञासाको जवाफ दिन्छिन् ।
अन्तरकृया गर्न मन परा’उने पूर्णीकासंग फालोअर्सले पनि दोहोरो कुराकानी गर्छन । उनले सामाजिक सञ्जाल मार्फत आफ्नोनिजि जिवनको बारेमा एउटा रहस्य खोलेकी छन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् । उनले एउटा वेवसाइटमा अकाउन्ट खोलेकी छन् । जसमार्फत उनले सर्वसाधारणले आफुलाई सोधेका प्रश्नको उत्तर दिन्छिन् । जसमा उनका नितान्त निजि कुरा पनि हुन्छन् । पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् ।
यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिनएजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ । एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ उनको यो जवाफवाट पूर्णीका प्रेममा रहेको अनुमान लगाउन सकिन्छ । पुर्णिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका स्टाटस निकै मार्मीक छन् ।
ति मध्य केही यो तलको भिडियोमा प्रस्तुत गरिएको छ । जसमा उनले आफ्नो आमा बुवा र जननीलाई निकै माया र सम्मान गर्ने गरेको पाउन सकिन्छ । उनले आफ्नो जिवनको शक्ति नै आफ्नो आमा भएको बताएकी छन् । आफ्नो आमालाई हेरेर उनलाई शक्ति मिल्ने गरेको पनि बताएकी छन् ।
हेर्नुहोस् भिडियोमा…


