×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोनाकालमा उपचारमा खटिएका एक चिकित्सकको तितो अनुभव

  •  
  • बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — नेपालमा कोभिड १९ को संक्रमण देखिएको चार महिना बित्यो । संक्रमणको सुरुवाती दिनदेखि बिरामी उपचारमा खटिएका चिकित्सक हुन् डा. श्रवणकुमार मण्डल । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आकस्मिक कक्षमा खटिएका उनी शंकास्पद र संक्रमित बिरामी हेर्छन् । चार महिनाअघि नेपालमा कोरोना भाइरस संक्रमण भर्खरै भित्रिएको थियो । सुरुवाती दिनमा म एयरपोर्टको डियूटीमा खटिएको थिएँ । त्यहाँ स्क्रिनिङको काम हुन्थ्यो । चीनबाट आउने सबैको ज्वरो नाप्नुपर्थ्यो । त्यतिखेर मास्कको भरमा काम गरको हो । रोग पनि नयाँ थियो । पीपीईको त्यति चर्चा पनि थिएन । यसको गम्भिर्यता र जोखिमबारे धेरै हामीलाई थाहा थिएन । जे जानियो त्यसरी नै काम गरियो ।

    डा. श्रवणकुमार मण्डल
    संक्रमण बढ्न थालेपछि भने आकस्मिक कक्षमा खटिन थालें । धेरै शंकास्पद बिरामी आए । सुरुवाती दिनमा अस्पतालको गेटदेखि आकस्मिक कक्षसम्म एम्बुलेन्सका लाइन हुन्थे । रोगको भ्रम र त्रास भएर पनि होला शंकास्पदभन्दा फोबियाग्रस्त भएर बढी मानिसहरु आउँथे । उपचारभन्दा पनि परामर्शमा हामीले काम गर्नुपरेको थियो । यस बीचमा रोग र बिरामीभन्दा बढी मानवता र समाजको अध्ययन गर्न पाए जस्तो महशुस गर्छु । लक्षण र ट्राभल हिस्ट्री हुँदैन, तैपनि मान्छेहरु कोरोना टेस्ट गरिदिनुपर्‍यो भन्दै आउँथे । कसैलाई घरबेटी र समुदायले नै टेस्ट गर्न ल्याउँथे, पठाउँथे । हामीले टेस्ट आवश्यक छैन भन्दा नमान्ने । आफ्नै जिद्दी । हामीलाई गाली गर्ने अनि थर्काउने गर्थे ।

    कति केस व्यस्थापन गर्न सुरक्षामीकै सहयोग लिनुपरेको थियो। रोगबारे अज्ञानता र भ्रमले गर्दा सामाजिक विभेद बढेको देखेको छु । विभेदकै कारण मानवता हराएको जस्तो लाग्छ । नत्र घरबेटीले कोठामा बस्नेलाई कोरोना टेस्ट बिना घर छिर्न नदिने, निकाल्ने किन गर्थे र ? कति स्वास्थ्यकर्मीलाई नै पनि कोठा छाड्ने दबाब आइरहेको साथीहरुले सुनाउँँछन् । चिकित्सकले दिनरात नभनी जोखिम मोलेर बिरामी हेरिरहेका छन् । समुदायले यसलाई कदर गर्नुको साटो रोग सार्छन् भनेर विभेद गरेको सुन्दा, देख्दा नराम्रो लाग्छ । अस्पतालमा खटिँदा केही घटना बिर्सनै नसक्ने खालका छन् । ती मध्ये केही घटना साट्न चाहन्छु ।

    घटना : १
    एकदिन अस्पतालमै बसिरहँदा एकजना प्रहरीको मोबाइलमा एउटा भिडियो हेरें । काठमाडौं नजिकको जिल्लाका एकजना व्यक्ति भर्खरै दक्षिण कोरियाबाट नेपाल फर्किएका रहेछन् । विदेशबाट रोग बोकेर आएको टेस्ट गर्नुपर्छ भन्दै जनप्रतिनिधीले ती व्यक्तिलाई अनावश्यक दु:ख दिइरहेका थिए । टेस्टको नाममा ती व्यक्तिलाई सय मिटर परसम्म दौडिन लगाइरहेका थिए । जनप्रतिनिधिले कोरोना भनेको छातीसम्बन्धी रोग हो भन्ने बुझेका रहेछन् । त्यसैले दौडिँदा श्वास बढेर बीचैमा ढल्यो भने कोरोना रोग प्रमाणित हुन्छ भन्ने लागेछ उनलाई । तर उनले बुझेजस्तो दौडिँदा ती व्यक्ति ढलेनन् । त्यति दुख दिइसकेपछि पनि जनप्रतिनिधि ढुक्क हुन सकेनन् । ती व्यक्तिलाई कोरोना नभएको रिर्पोट लिएर मात्रै गाउँ फर्किनु भन्दै अस्पताल पठाए । जनप्रतिनिधि जस्तो मान्छेले बिना कारण त्यसरी कसैलाई दु:ख दिनु कहाँको मानवता हो ? भिडियो हेरेर म स्तब्ध भएँ ।

    घटना : २
    वीर अस्पतालमा एकजना कोरोनाको संक्रमण भएको शंका गरिएकी महिलाको मृत्यु भयो भन्ने मिडियामार्फत सुनियो । महिलाको मृत्यु भएको दिन साँझ उनका श्रीमान् आत्तिँदै हाम्रो आकस्मिक कक्षमा आए । श्रीमतीको दाहसंस्कार गरेर पशुपतिबाट सिधै अस्पताल आएका रहेछन् । उनको कोरोना टेस्ट गरिदिन आग्रह गरे । किन टेस्ट गर्ने, भनेर सोध्दा उनले साह्रै दुखद कुरा सुनाए । श्रीमतीको दाहसंस्कार गरेर फर्किंदा उनले फेसबुकमा वडा जनप्रतिनिधिको पोस्ट हेरेका रहेछन् । पोस्टमा वडाध्यक्षले उनको श्रीमतीको कोरोना संक्रमणका कारण मृत्यु भएकोले उनलाई पनि कोरोना लागेको हुनसक्ने उल्लेख गरेका रहेछन् । साथै यस्ता व्यक्तिलाई बहिष्कार गर्नुपर्छ, गाउँ छिर्न दिनु हुँदैन भनेर पनि लेखेका रहेछन् ।

    लकडाउनका कारण उनी पशुपतिबाट हिँडेर सिधै अस्पताल आएका थिए । अस्पताल आइपुग्दा उनको मानसिक सन्तुलन नै गुमेजस्तो देखिन्थ्यो । ‘मलाई गाउँलेले निकाल्ने भए, म सक्किने भएँ,’ भनेर बर्बराउँदै थिए । ‘मेरो टेस्ट गरिदिनैपर्‍यो । टेस्ट नगरेसम्म म खाँदा पनि खान्न, यहाँबाट जाँदै जाँन्न,’ भनेर उनले भने । भोली श्रीमतीको रिर्पोट पोजिटिभ आयो भने टेस्ट गरौंला भनेर हामीले सम्झाउन खोज्यौं । तर उनी सम्झिने पक्षमा थिएनन् । ‘जाने मान्छे गैहाल्यो, मेरो रिर्पोट निकाल्दे,’ भनेर जिद्दी गरे । हामीले सम्झाउन नसकेपछि सुरक्षाकर्मी बोलायौं । प्रहरीले जनप्रतिनिधिको नम्बर पत्ता लगाएर फोन गरिदिए । पोस्टमा लेखे जस्तो व्यवहार नगर्नु भनेर सम्झाइदिए । फेसबुकबाट पोस्ट पनि हटाउन लगाए । भोलिपल्ट उनको श्रीमतीको रिर्पोट नेगेटिभ आयो । ती व्यक्ति कहाँ गए हामीले फलोअप गर्न भ्याएनौं । तर, जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले जनतालाई त्यसरी दु:ख दिनुहुन्न थियो ।

    घटना : ३
    एकदिन सर्पले टोक्यो भन्दै धादिङबाट एकजना पुरुष उपचार गर्न आएका थिए । काठमाडौंको कुनै निजी अस्पतालले बिरामी यहाँ रिफर गरेको रहेछ । हाम्रो अस्पतालमा कोरोनाको मात्रै उपचार गर्ने भनेर सरकारले घोषणा गरेको थियो । हामी कोरोनाको लागि मात्रै तयार थियौं । हामीले बिरामी पक्षलाई त्यही भन्यौं, तर उनीहरु उपचार गर्नैपर्छ भनेर जिद्दी गर्न थाले । मैले हात जोडेर बिन्ती गरें । तर, मान्दै मानेनन् । सर्पले टोकेको बिरामी २४ घण्टा राखेर अब्जर्भेसन गर्नुपर्छ । हामीले भ्याउँदैनौं भन्दा पनि मानेनन् । उल्टै गाली गर्न थाले । ‘तिमीहरु सरकारको पैसा खाने, जनताको उपचार नगर्ने, तिमीहरुको पर्दाफास गर्छु’ भन्दै भिडियो खिच्न थाले । गालीको वर्षा रोकिएन । झन्डै हाता हालाहालको अवस्था आएपछि हामीले सुरक्षाकर्मी बोलाएर अवस्था शान्त पार्नुपर्‍यो । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ती बिरामी पक्षलाई थानामा लगे ।

    घटना : ४
    भर्खरभर्खर कोरोनाको सन्त्रास फैलिएको थियो । हामी कोरोनासम्बन्धी कक्षा र तालिम लिइरहेका थियौं । एकदिन वीर अस्पतालका विशेषज्ञ चिकित्सक कोरोनाका बिरामीको आईसीयूमा कसरी व्यवस्थापन गर्ने भनेर सिकाउन आएका थिए । भेन्टिलेटर सम्बन्धी ज्ञान लिँदै थियौं हामी । त्यस दिन कक्षा अलि लामो भयो । धेरै कुरा सिक्नु थियो, हामीले विशेषज्ञलाई अलि बढी नै प्रश्न गरेर सिकिरहेका थियौं । विशेषज्ञ आएको दिन सिकिहालौं, फेरि यस्तो मौका पाइएला, नपाइला भन्ने जस्तो लागेको थियो ।

    कक्षाबाट फर्किंदा आकस्मिक कक्षमा हल्लाखल्ला सुनियो । दुईजना मान्छे उपचारमा ढिलो भयो भन्दै पारामेडिक्सलाई कराइरहेका थिए । मैले उनीहरुको हिस्ट्री लिन्छु भनेर अघि बढ्न नपाउँदै बिरामीपक्ष आक्रोशित भए । ‘किन ढिला आएको, यस्तो लापरबाही गर्ने ? तिमीहरुको इथिक्स छैन, कुनै जिम्मेवारी छैन ?’ भने । मैले कक्षा विशेष थियो अलि त्यसैले ढिलो भयो भनेर सम्झाउन खोजेँ । कुरै नसुनी उनीहरु अझै गाली गर्न थाले, ‘तिमीहरु पढ्न बसेको कि बिरामी हेर्न ?’

    हामी त केही काम नपाएर मात्रै बिरामी हेर्न बसे जस्तो गरे, नीच व्यवहार गरे । मन्त्रीको पावर लगाएर हामीलाई कारबाही गर्न लगाउने सम्म धम्की दिन थाले । हामीले उनीहरुको टेस्ट नै नगर्ने भनेको पनि थिएनौं । त्यतिबेला टेस्ट धेरै हुँदैन थियो । बिहान बेलुका गरेर दिनमा दुईपटक हुन्थ्यो । दिनभरि नमूना संकलन गरेर चार बजेपछि सबै एकैपटक टेस्ट गर्ने गरिएको थियो । आए पिच्छे सबैको टेस्ट तुरुन्तै गर्दा पीपीई र जनशक्ति धेरै खर्च हुन्थ्यो । त्यसैले सामान जोगाउन हामीले त्यसो गरेका थियौं । उनीहरु दिउँसो १२ बजेपछि आएका थिए । चार बजेपछि अर्को चरणमा टेस्ट गरौंला भनेको त रिसाउन थाले । ‘तँ तँ’ भनेर कुरा गरे । जे जे मुखमा आयो त्यही भने । उपाय थिएन, हामीले उनीहरुले भनेजस्तो गर्न सकेनौं । त्यत्रो मिहिनेत र खर्च गरेर चिकित्साशिक्षा पढेको यस्तै बिरामीको गाली खान रहेछ जस्तो लाग्यो ।

    घटना : ५
    एकदिन एकजना शंकास्पद व्यक्तिलाई एयरपोर्टबाटै यहाँ ल्याइएको थियो । नेदरल्याण्डबाट आएको रे भन्दै थिए । बिहान आठ बजे अस्पताल आइपुगेका थिए । म आकस्मिक कक्षमा खटिएको थिएँ । ती व्यक्तिले अस्पताल छिर्नासाथ टेस्ट गरेर रिर्पाट दिहाल्नुपर्‍यो भन्न थाले । अस्पतालको आफ्नै नियम थियो । आउने बित्तिकै टेस्ट गरेर रिर्पोट दिहाल्न सम्भव थिएन । १० बजेपछि टेस्ट गर्ने भनिएको थियो । विदेशमा पढेर आएको रे, व्यवहार भने अत्यन्तै तुच्छ देखाए ।भन्नासाथ टेस्ट गरेनौं भनेर गाली गर्न थाले । ‘नेपालका डाक्टर नक्कली हुन् ।

    यिनीहरुले सर्टिफिकेट किनेका हुन्छन् । अनि के हेर्थे त बिरामी,’ भने । हाम्रो योग्यता र पेशाप्रति नै यस्तो प्रश्न गर्न थालेपछि डियुटीमा खटिएका हामी सबै चिकित्सक रीसले रन्थिनियौं । तर गाली सुनेर बस्यौं, केही गर्न सकेनौं । बिरामीको चाप थियो । हामी गालीको प्रतिक्रिया दिनु कि बिरामी हेर्नु जस्तो अवस्था थियो । ती व्यक्तिको मुख बन्द भएन, ‘यो अस्पताल पनि गोठजस्तो छ, यहाँका डाक्टरलाई घाँस हाल्नुपर्छ ।’ उनले हेपेर बोल्ने कुनै शब्द बाँकी राखेनन् । चिकित्सकले आफूलाई नियन्त्रण नगरेको भए त्यस दिन हात हालाहाल हुने स्थिति आउँथ्यो होला ।

    घटना : ६
    लकडाउनको घोषणा भइसकेको थियो । बिरामी जति एम्बुलेन्समा आउन थाले । एम्बुलेन्सले बिरामी ल्याउने र छोड्ने । फिर्ता नलैजाने गर्न थाले । सबै बिरामी टेस्ट र भर्ना गर्नैपर्ने खालका हुन्थेनन् । एम्बुलेन्सहरु एकै छिन पनि कुर्दैनन् थिए । सार्वजनिक गाडी नचल्दा बिरामीलाई घर फर्कन गाह्रो हुन्थ्यो । यस्तो संकटको बेलामा पनि एम्बुलेन्सलाई भने फाइदा नै चाहिएको थियो । बिरामीको उपचार सकिन्जेल कुर्नुभन्दा अन्यत्र बिरामी बोकेर पैसा कमाउने खालका मात्रै । बिरामी अलपत्र पर्न थालेपछि हामीले अस्पतालभित्र छिर्ने एम्बुलेन्सले जुन बिरामी ल्याएको उसलाई फिर्ता नलगे निस्किनै नमिल्ने नियम लगायौं । केही दिन यो समस्या सल्टियो । तर, पछि एम्बुलेन्स चालक बाठा भए । बिरामी अस्पताल बाहिर छोडेर जान थाले । भर्ना भएका बिरामी डिस्चार्ज भएर घर जान एम्बुलेन्स नभएर रातभरि अस्पतालमै राख्नुपर्ने स्थिति पनि आयो ।

    (शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत डा. श्रवणकुमार मण्डलसँग गरेको कुराकानीमा आधारित ।)

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.