×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अस्ट्रेलियामा नर्सिङ पढेकी छोरी , नेपाल फर्किएर लुगा धुने काममा खुशी हुदै !

  •  
  • शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाण्डौमा जन्मेर यहीँ हुर्केकी ऋचा धमलालाई सानोमा कसैले ठूलो भएपछि के बन्छौ भनेर सोध्दा भन्थिन् ‘शिक्षिका बन्छु ।’ केही समयपछि ऋचालाई लाग्थ्यो शिक्षिका हैन, डाक्टर बन्छु । त्यसपछिको उनको सपना थियो ठूलो भएपछि वकिल बन्ने । तर उनले रोजिन् ‘धोबी’ अर्थात लुगा धुने काम । शिक्षिका, डाक्टर र वकिल पेशालाई आफ्नो सपना मान्ने ऋचाका वर्षहरु फेरिएसँगै लक्ष्यहरु पनि फेरिंदै गए । अस्ट्रेलियामा चार वर्षे बीएससी नर्सिङ गरेर नेपाल फर्किएकी ऋचाको हिजोआज लुगा धुने काम नै सपना र बिपना भएको छ ।

    धेरै युवाको सपना हिजोआज अस्ट्रेलिया र अमेरिका हुन्छ । त्यही ठाउँ जानका लागि मरिहत्ते गर्छन् ।तर त्यही देशमा पुगेर ‘स्कोप’ पनि राम्रो भएको विषय बीएससी नर्सिङ गरेकी ऋचाको मन अडिएन । पढाइअनुसारकै काम अस्ट्रेलियामै बसेर गरेको भए कमाइ राम्रो हुन्थ्यो । जिन्दगीले अर्कै लय समातिसकेको हुन्थ्यो होला । तर सुख र खुशी त मान्छेको भोगाइमा भर पर्छ । ऋचा भन्छिन्, ‘सबैलाई परदेशको खुसीले नलोभ्याउने रहेछ, म खुशी भन्दा पनि आत्मसन्तुष्टि खोज्नका लागि फर्किएर आएको हुँ ।’ र त ऋचा हिजोआज लुगा धुने काममा खोज्दै छिन् खुशी र आत्मसन्तुष्टि । धोबीले लुगा धोइदिन्छन् । लुगा धुने पुरानो काम र पुरानै पेशाको नयाँ रुप हो, नेपाली धोबी । र यसको जन्मदाता मध्येकी एक हुन् ऋचा धमला । उनीसंगै जोडिएका छन् झापाका निकुञ्ज भण्डारी र चितवनका विकास सुवेदी । ऋचाले अस्ट्रेलियामा पढिन् । यूकेमा आइटी पढे विकासले । निकुञ्ज भने काठमाडौंमै पढ्दै छन् । दुईजना विदेशमा पढेर स्वदेशमा केही गर्ने संकल्प लिएर फर्किएका । अनि अर्का एकजनाको योजना पनि स्वदेशमै केही गर्ने ।

    यी तीनको भेट एक पार्टीमा भयो । त्यही पार्टीमा भएको भेटले नै तीनैजनालाई एउटै कर्ममा जोडिदियो । ऋचा र विकास एकै स्वरमा भन्छन् ‘हामी तीनै जनाको सोच मिल्यो ।’ सोच मिलेपछि सबै कुरा मिल्छ । र सम्बभ पनि छ । यही कुरा प्रमाणित गर्न लागिपरेका छन् यी तीन युवा ।तीनैजनालाई चिन्ने एक साथीले बोलाएको पार्टीमा भेटिएका ऋचा, विकास र निकुञ्जको सोच र सपना एकै थियो । त्यो पहिलो भेटपछि उनीहरु फेसबुकमा साथी बने । आफ्ना योजना र सपनाका कुरा फेसबुक म्यासेजमार्फत नै साटासाट गरे । मित्रता फेसबुक म्यासेजमा मात्र सीमित भएन । उनीहरु कफी गफ गर्न थाले । ‘हामी कफी पिउन पायक पर्ने ठाउँको क्याफेमा भेट्थ्यौं। एक दिन कफी पिउन बसेकै बेला मैले साडी धुन ड्राइक्लिन नभेटेको कुरा सुनाएँ,’ ऋचा सुनाउँछिन्, ‘मैले जस्तै काठमाण्डौमा पानीको कारण समस्या भोग्नुभएको रहेछ, निकुञ्जले पनि, अनि लण्ड्रीकै काम गर्ने भनेर हामीले सोच्यौं ।’ पानीको समस्या तीनैजनाले भोगेका थिए । तर आफूले भोगेको समस्या काठमाण्डौमा अरुले भोगेका छन् कि छैनन् त ? जान्नका लागि उनीहरुले अध्ययन गरे ।

    ‘झण्डै ६ महिना हामीले काठमाण्डौका विभिन्न ठाउँमा गयौं, तीनजना फरक फरक ठाउँमा जन्थ्यौं, बेलुका फर्किएपछि दिनभरीका कुरा कफीबाटै साट्थ्यौं,’ ऋचा सुनाउँछिन् । ६ महिनाको अध्ययनले काठमाडौंमा लण्ड्री व्यवसायमा ठूलो सम्भावना भएको देखायो । तर पुरानै तरिका चल्नेवाला थिएन । तीनैजनाले पटक पटक व्यवसाय गर्ने तरिकाका विषयमा छलफल गरे । आफन्त र साथीभाइसँग पनि सल्लाह गरे । योजना थियो, ‘अन लाइन लण्ड्री’ खोल्ने । तर उनीहरुको योजनालाई धेरैले हाँसोमा उडाए । कतिले विश्वास नै गरेनन् त कतिले नेपालमा अनलाइन बिजनेशको सम्भावना शून्य रहेको भन्दै काम अघि नबढाउन सुझाव दिए । तर ऋचासहित तीनै जनाले हिम्मत हारेनन् । ‘हामीलाई सकारात्मक सुझाव दिने थोरै थिए । तर तिनै थोरै व्यक्तिको साथ र सहयोगले नै हामीले आफूहरुको योजनालाई सफल पार्न सक्यौं,’ ऋचा मुस्कुराउदै भन्छिन्, ‘यो काममा दुःख देखेका थियौं तर असम्भव भने देखेका थिएनौं, त्यसैले सम्भावनालाई छाडेनौं ।’ छोराछोरीले पढाइअनुसारकै काम गरुन् भन्ने अपेक्षा सबै आमाबुवाको हुन्छ ।

    त्यो अपेक्षाबाट तीनैजनाका बुवाआमा अछुतो हुने कुरै भएन । पढाइ एकातिर काम अर्कोतिर । त्यसमाथि पनि लुगा धुने काम । ऋचालाई लाग्थ्यो काम जे होस् मनदेखि गर्न पर्छ । व्यवसायिक योजनाका बारेमा सुनाउँदा आएको प्रतिक्रियालाई सम्झँदा उनलाई अविश्वासलाई विश्वासमा परिणत गर्नुपर्छ भन्ने लाग्थ्यो । फरक फरक प्रतिक्रियाहरु आइरहेकै थियो । उनीहरुको व्यवसायिक योजना पनि अघि बढिरहेको थियो । कफी पिउँदै योजना बुन्दै थिए, तीनैजना । लुगा कति रुपैयाँमा धोइदिने त भन्ने कुरा भइरहेको थियो । त्यसदिन उनीहरुले क्यापचिनो कफी पिउँदै थिए। मूल्य थियो १२० रुपैयाँ । निकुञ्जले भने, ‘हामी लुगा १२० रुपैयाँ किलो नै धोइदिउँँ,’ निकुज्जको कुरा ऋचा र विकासलाई पनि मन पर्‍यो । उनीहरुले सोचे, ‘एउटा कफीको भाउमा हामीले लुगा धोइदिँदा दुवै पक्षलाई घाटा पर्दैन ।’ तीनैजनाले पाँच पाँच लाख रुपैयाँ लगानी गरे । गत चैतमा एक वर्ष पुरा भयो उनीहरुले काम थालेको । उनीहरुले शुरु गरे ‘नेपाली धोबी’ नाम दिएर लुगा धुने काम । पढाइअनुसारकै काम गर्नुपर्छ भन्ने लाग्दैन ऋचा र विकासलाई ।

    जे काम गरे पनि राम्रो गर्न पर्छ । आफ्नो इच्छा अनुसारको गर्नु पर्छ । लुगा धुने काम उनीहरुको इच्छाको काम थियो । काठमाण्डौ गैरीधारामा राखे नेपाली धोबीको कार्यालय । अनि शहरका पोल पोलमा टाँसे नेपाली धोबीले लुगा धोइदिने खबर । पर्चामा लेखिएको थियो, ‘शनिबारको दिन लुगा धुने कि छोराछोरी घुमाउन लाने, लुगा धुने कि फिल्म हेर्न जाने, साथी नभेटेको पनि धेरै भयो, लुगा धोएरै जाने भयो दिन ।’ अनि लेखिएको थियो, लुगा धोइ दिनेको नम्बर । त्यही नम्बरमा फोन गरेका थिए बालुवाटरका ग्राहकले । ऋचा र विकास आफैं पुगे लुगा लिन । ‘उहाँलाई श्रीमानले तिम्रो समस्या समाधान गरिदिने यता रहेछन् भनेर त्यही पोलमा टाँसिएको पर्चा लगेर दिनुभएको रहेछ’ ऋचा सम्झिन्छिन्, ‘लुगा लिन गएका हामीलाई चिया खुवाउनुभयो, हाम्रो कामको तारिफ गर्नुभयो ।’ ग्राहकबाट मिलेको मायासँगै लुगा लिएर फर्किए दुवैजना । ‘उहाँहरुले हाम्रो कामलाई गरेको सम्मानले हामी यस्तो खुशी भयौं नि,’ विकास ऋचाको कुरामा थप्छन्, ‘हामी त मनमनै नाचेका थियौं ।’ पहिलो दिन नै ग्राहकले आफ्नो कामलाई गरेको सम्मानले उनीहरुलाई थप हौसला मिल्यो ।

    दुवैलाई लाग्यो, ‘राम्रो कामको थालनी गरेछौं ।’ दिदी अस्ट्रेलियामा नर्स भएकाले दिदीकै बाटो समात्न अस्ट्रेलिया पुगेकी थिइन् ऋचा पनि । पढ्नका लागि उनले पाएको त्यो अवसर सबैका लागि खुशीको कुरा थियो । वकिल बन्ने सपना छाडेर नर्सिङ पढ्न पुगेकी ऋचालाई अष्ट्रेलियामा उभिएर काम गर्नुपर्दा लाग्थ्यो, ‘म यो काम गर्न सक्दिनँ ।’ दिदीलाई भन्थिन् ‘म यसरी यहाँ बस्न सक्दिनँ, पढाइ सकिएपछि नेपाल फर्किन्छु ।’‘यहाँ जस्तो आरामले कहाँ काम गर्न पाइन्छ र, गाह्रो भयो भने बस्न पाइन्छ, साथीभाइले सघाउँछन्, तर त्यहाँ त त्यस्तो हुँदैन’ अस्टेलियामा काम गर्दाको अनुभव सुनाउँदै ऋचा भन्छिन्, ‘कति दिन त मैले रुँदै काम गरेको थिएँ ।’ ऋचाले विदेशको कामको बारेमा सुनाइरहँदा नमिठो मान्दै विकासले थपे, ‘म त यूकेको एक राम्रो आइटी कम्पनीमा काम गर्थें, तर म त्यहाँ एक्लो थिएँ ।’

    परदेशले एक्लो बनायो । संघर्ष गर्न सिकायो । त्यही संघर्ष र एक्लोपनाले नै विकासलाई नेपाल नै फर्कायो । ऋचाको पनि दिदी थिइन् । पढाइ सकेपछि कमाउने मेसो मिल्दै थियो । तर ऋचालाई यी सबै कुराले छोएन । पढाइ सकिएपछि अठोट गरे, ‘जे हुन्छ होस् नेपाल नै फर्किन्छु ।’दुवै भन्छन्, ‘हामीलाई नेपाली धोबीले पर्खिरहेको थियो ।’ गत चैतमा नेपाली धोबी एक वर्ष पुग्यो । एक वर्षको उमेर नेपाली धोबीले लामो पाइला चालिसक्यो । यो एक वर्षमा नेपाली धोबीले सुरुवाती चरणको अविश्वासलाई विश्वासमा परिणत गरेको छ । आँट र केही गर्छु भन्ने इच्छा शक्ति हुने हो भने केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । गैरीधारा बाट चक्रपथ भित्र मात्रै सेवा दिँदै आएको नेपाली धोबीको अहिले ललितपुरको कुपण्डोलमा पनि शाखा विस्तार भएको छ ।

    ‘पुरानो कामलाई पनि नयाँ तरिकाले गर्दा हुने रहेछ,तर आफूले गर्ने काम र त्यसको बजारकाबारेमा अध्ययन गर्न आवश्यक छ,’ ऋचा भन्छिन् । नेपाली धोबीलाई एक वर्षमा मिलेको सफलता पनि त्यसकै परिणाम हो । ऋचा, विकास र निकुञ्जले पुरानो कामलाई नयाँ रुपमा गर्नका लागि अध्ययन मात्र गरेनन् । तालिम पनि लिए । विदेशमा लण्ड्री म्यानेजरका रुपमा काम गर्ने व्यक्तिले नै दिएका थिए तालिम । ‘काम गर्छु भनेर आँटेर मात्र पनि हुँदैन, कममा आफू भिज्न पर्छ, त्यसलाई बुझ्न पर्छ,’ विकास भन्छन्, ‘यो काम गर्ने भनेपछि हामी तीनैजनाले तालिम लियौं, त्यो पर्याप्त छैन, हामी सिकिरहेका छौं, दिनहुँ नयाँ नयाँ कुरा सिक्न पाइन्छ ।’ उनीहरु दिनको सालाखाला ४० देखि ५० किलो लुगा धुन्छन् । कहिलेकाहीँ सय किलोभन्दा माथि नै हुन्छ । होटल, अस्पताल र कम्पनीसँग पनि समन्वय गरेर उनीहरुले काम गरिरहेका छन् ।

    ९० प्रतिशत फोनमार्फत नै अर्डर आउँछ भने बाँकीले फेसबुक, इमेल लगायत माध्यमबाट अर्डर गर्दछन् । उनीहरुले ९ जनालाई रोजगारी दिएका छन् । ‘९ जनालाई पाल्न र अफिस चलाउन हामीलाई मासिक डेढ लाख रुपैयाँ त कमाउनै पर्ने हुन्छ,’ ऋचा भन्छिन्, ‘सुरुवाती दिनमा त हामीले आफ्नै गोजीबाट पैसा हालेर चलायौं, अहिले त मासिक तीन लाख रुपैयाँसम्म हुन्छ कमाइ ।’ लुगा धोएको प्रतिकिलो एक सय २० रुपैयाँ पर्छ । पहिले चक्रपथभित्र मात्रै सेवा दिँदै आएकोमा अहिले चक्रपथ बाहिर पनि सेवा दिन थालेका छन् । तर चक्रपथ बाहिरको सेवामा भने घरमा लुगा लिन र पुरायाउन गएबापत ५० रुपैयाँ चार्ज लाग्छ । देश विदेशबाट उनीहरुले राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘तपाईंहरुले जस्तै हामी पनि स्वदेश फर्किएर केही गर्न चाहन्छौं भनेर विभिन्न देशबाट नेपालीहरुले म्यासेज पठाउनुहुन्छ,’ ऋचा मुस्कुराउँदै सुनाइन् ।

    ग्राहकबाट पाएको माया विश्वास र सकारात्मक सन्दे शलाई आत्मसाथ गर्दै उनीहरु नेपाली धोबीलाई विस्तार गर्ने विषयमा छलफल गरिरहेका छन् । नेपाली धोबीलाई नै राम्रोसँग सञ्चालन गर्ने र अरु नयाँ कामहरु पनि थाल्नु योजना छ ऋचा, विकास र निकुञ्जको । नेपाली धोबी नै उनीहरुको उनीहरुको लक्ष्य बनेको छ । अहिले पनि कतिपय पढाइ अनुसारकै काम गर भनेर सुझाव दिन्छन् । तर धोएपछि सफा भएको लुगा जस्तै भएको छ यो काम थालेदेखि उनीहरुको मन । धेरैले सपना र लक्ष्य ठानेको देशमा पुगेर गुम्सिएको मन लुगा धुने काम थालेदेखि नै हल्का भएको छ । ‘त्यहाँ काम, कमाइ र पढाइ राम्रो थियो तर सन्तुष्ट थिइनँ, कताकता मन घोचिरहन्थ्यो,’ ऋचा भन्छिन्, ‘अहिले यो काम गर्न थालेदेखि आत्मसन्तुष्टि मिलेको छ, यो काममा मन बसेको छ । अरुले पैसा विदेशमा देख्छन् र विदेश नै हानिन्छन् तर म त नेपालमा पैसा हावामा पनि देख्छु,’ ऋचाको कुरा सकिन नपाउँदै विकासले थपे, ‘जहाँ गए पनि दुःखै गर्ने हो, विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने, सम्भावना नेपालमै छ ।’

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.