काठमाडौँ — एक वर्षअघि मिर्गौला फेल भएर रामेछापका ६२ वर्षीय काराबहादुर तामाङ मन्थलीस्थित तामाकोसी सामुदायिक अस्पतालमा डायलसिस गर्दै आइरहेका थिए । डायलसिस गर्न बनाइएको घाँटीको घाउमा संक्रमण भएपछि अस्पतालले उनलाई काठमाडौं रिफर गर्यो । चैत २४ गते उनी एम्बुलेन्स रिजर्भ गरी श्रीमती सुनमायालाई साथमा लिएर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आए । केन्द्रले आकस्मिक डायलसिस गरेर गरेर उनलाई घरै फर्कायो। उपचार गर्न धेरै दिन लाग्ने स्थिति आएपछि उनीहरु भक्तपुरको सुडालस्थित छोराबुहारीको कोठामा गए । गाउँको घर कुर्न छोराबुहारीलाई पठाए ।
‘बेकारमा बसिरहेको मान्छेलाई भोलि निकाल्ला,’ उनले भनिन्, ‘हामी बरु असपतालमै बसूँला, नसके गाउँ फर्किऊँला।’ मिर्गौलाका बिरामीबाट कोरोनाको संक्रमण सर्छ भन्दै घरबेटीले कोठामा गएकै दिन नराम्रो व्यवहार गरे। उनीहरूले रातैभरि किचकिच गरेको सुनमायाले बताइन् । घरबेटीले ‘कोठा छोड्ने भए छोड नत्र सामान सबै फालिदिन्छु’ भनेपछि उनीहरू बिहान सबेरै कोठा छाडेर निस्किए। सुनमायाले भनिन्, ‘केही दिन कोठामा बस्ने भनेर गएको हो तर हामीलाई त साह्रै हेला गरे, नआउनु भनेको छ ।’
घरबेटीले निकालेपछि दम्पती अस्पतालकै छिँडीमा सुत्दै आइरहेका छन् । घरबाट ल्याएको खर्च सकिएपछि मिर्गौला पीडित संघको अनुरोधमा अस्पतालको क्यान्टिनले उनीहरूलाई नि:शुल्क खाना खुवाइरहेको छ । ‘कमाएर खुवाउने मान्छे यसरी थला परे,’ उनले भनिन्, ‘हामीसँग पैसा पनि छैन, लगाउको सुन बेचौं भने कतै दोकान खोलेको छैन ।’ गाउँबाट फर्केपछि छोराबुहारीलाई कोठामा बस्न अप्ठेरो पर्ला भनेर घरबेटीबारे सुनमायाले बताउन चाहिनन् । ‘बेकारमा बसिरहेको मान्छेलाई भोलि निकाल्ला,’ उनले भनिन्, ‘हामी बरु असपतालमै बसूँला, नसके गाउँ फर्किऊँला ।’
कोरोना भाइरसको संक्रमण सार्ने भन्दै मिर्गौलाका बिरामीलाई घरबेटीले दुर्व्य’वहार गर्ने र निकाल्ने गरिरहेको मिर्गौलापीडित संघका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले बताए । ‘हप्तामै दुई-तीनपटक डायलसिस गर्नुपर्ने भएकाले यस्ता बिरामी गाउँ फर्किन सकिरहेका छैनन्,’ उनले भने, ‘यस्ता बिरामीलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने भइरहन्छ। तर नबुझीकन कोरोना संक्रमण भयो भन्दै बिरामी निकाल्छन्।’ सधैं एम्बुलेन्स रिजर्भ गरेर जान खर्च छैन,’ उनले भनिन्, ‘यहाँ बस्नेखाने ठाउँ छैन, अर्काको ठाउँमा जितेर बस्न नसकिँदो रहेछ, मरे पनि गाउँमै गएर मरुँला।
प्रत्यारोपण केन्द्रले आकस्मिकबाहेक कुनै शल्यक्रिया नगर्ने निर्णय गरेको छ । यही कारण काराबहादुरको हातमा फिस्टुला पनि बन्न सकेको छैन। हातमा फिस्टुला बनाएरमात्रै सजिलोगरी डायलसिस गर्ने डाक्टरले बताएका थिए। ‘यहाँ त नबनाउने रे, अन्तै ठूलो अस्पताल खोज्नु भनेको छ,’ सुनमायाले भनिन् । निजी अस्पतालमा फिस्टुला बनाउन २५ देखि ३० हजार लाग्ने भएपछि उनीहरू अलपत्र परेका छन् ।
विपन्नताको सिफारिसअनुसार गाउँको अस्पतालमा नि:शुल्क डायलसिस गर्ने व्यवस्था भएकाले प्रत्यारोपण केन्द्रले पाँचपटक आकस्मिक डायलसिस गरेपछि अरु गर्न मानेको छैन । अस्पतालमै पहिलेदेखि नै एक सय ५१ जनाको नियमित डायलसिस भइरहेकाले नयाँलाई पालो पाउन यसै पनि सम्भव छैन । ‘गाउँको अस्पताल जाऊँ भने फिस्टुलाबिना डायलसिस नगर्ने भन्छ,’ उनले भनिन्, ‘यहाँ फिस्टुला बन्दैन भन्छन्, बिरामी सुताउने कोठा पनि छैन, यसै मर्ने दिन आयो ।’
सुनमायामा काठमाडौंमा केही आफन्त छन्। तर, घरबेटीले निकाल्ने डरले अस्पतालमै सुत्न बाध्य छिन्। सुत्ने ठाउँ नपाएपछि हिँडेरै रामेछाप जाने उनले बताइन्। ‘सधैं एम्बुलेन्स रिजर्भ गरेर जान खर्च छैन,’ उनले भनिन्, ‘यहाँ बस्नेखाने ठाउँ छैन, अर्काको ठाउँमा जितेर बस्न नसकिँदो रहेछ, मरे पनि गाउँमै गएर मरुँला ।’ बिहीबारमात्रै डायलसिस गरेका काराबहादुर कमजोर देखिएका थिए। दुवै खुट्टा सुन्निएका थिए। तैपनि बास नपाएर हिँड्दै घर जाने आँट जुटाइरहेका थिए ।




















