×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘कोरोना’ सर्छ भन्दै ६२ वर्षीय मिर्गौला पीडितलाई अपमान गरी घरबेटीले निकाले !

  •  
  • आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — एक वर्षअघि मिर्गौला फेल भएर रामेछापका ६२ वर्षीय काराबहादुर तामाङ मन्थलीस्थित तामाकोसी सामुदायिक अस्पतालमा डायलसिस गर्दै आइरहेका थिए । डायलसिस गर्न बनाइएको घाँटीको घाउमा संक्रमण भएपछि अस्पतालले उनलाई काठमाडौं रिफर गर्‍यो । चैत २४ गते उनी एम्बुलेन्स रिजर्भ गरी श्रीमती सुनमायालाई साथमा लिएर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आए । केन्द्रले आकस्मिक डायलसिस गरेर गरेर उनलाई घरै फर्कायो। उपचार गर्न धेरै दिन लाग्ने स्थिति आएपछि उनीहरु भक्तपुरको सुडालस्थित छोराबुहारीको कोठामा गए । गाउँको घर कुर्न छोराबुहारीलाई पठाए ।

    ‘बेकारमा बसिरहेको मान्छेलाई भोलि निकाल्ला,’ उनले भनिन्, ‘हामी बरु असपतालमै बसूँला, नसके गाउँ फर्किऊँला।’ मिर्गौलाका बिरामीबाट कोरोनाको संक्रमण सर्छ भन्दै घरबेटीले कोठामा गएकै दिन नराम्रो व्यवहार गरे। उनीहरूले रातैभरि किचकिच गरेको सुनमायाले बताइन् । घरबेटीले ‘कोठा छोड्ने भए छोड नत्र सामान सबै फालिदिन्छु’ भनेपछि उनीहरू बिहान सबेरै कोठा छाडेर निस्किए। सुनमायाले भनिन्, ‘केही दिन कोठामा बस्ने भनेर गएको हो तर हामीलाई त साह्रै हेला गरे, नआउनु भनेको छ ।’

    घरबेटीले निकालेपछि दम्पती अस्पतालकै छिँडीमा सुत्दै आइरहेका छन् । घरबाट ल्याएको खर्च सकिएपछि मिर्गौला पीडित संघको अनुरोधमा अस्पतालको क्यान्टिनले उनीहरूलाई नि:शुल्क खाना खुवाइरहेको छ । ‘कमाएर खुवाउने मान्छे यसरी थला परे,’ उनले भनिन्, ‘हामीसँग पैसा पनि छैन, लगाउको सुन बेचौं भने कतै दोकान खोलेको छैन ।’ गाउँबाट फर्केपछि छोराबुहारीलाई कोठामा बस्न अप्ठेरो पर्ला भनेर घरबेटीबारे सुनमायाले बताउन चाहिनन् । ‘बेकारमा बसिरहेको मान्छेलाई भोलि निकाल्ला,’ उनले भनिन्, ‘हामी बरु असपतालमै बसूँला, नसके गाउँ फर्किऊँला ।’

    कोरोना भाइरसको संक्रमण सार्ने भन्दै मिर्गौलाका बिरामीलाई घरबेटीले दुर्व्य’वहार गर्ने र निकाल्ने गरिरहेको मिर्गौलापीडित संघका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले बताए । ‘हप्तामै दुई-तीनपटक डायलसिस गर्नुपर्ने भएकाले यस्ता बिरामी गाउँ फर्किन सकिरहेका छैनन्,’ उनले भने, ‘यस्ता बिरामीलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने भइरहन्छ। तर नबुझीकन कोरोना संक्रमण भयो भन्दै बिरामी निकाल्छन्।’ सधैं एम्बुलेन्स रिजर्भ गरेर जान खर्च छैन,’ उनले भनिन्, ‘यहाँ बस्नेखाने ठाउँ छैन, अर्काको ठाउँमा जितेर बस्न नसकिँदो रहेछ, मरे पनि गाउँमै गएर मरुँला।

    प्रत्यारोपण केन्द्रले आकस्मिकबाहेक कुनै शल्यक्रिया नगर्ने निर्णय गरेको छ । यही कारण काराबहादुरको हातमा फिस्टुला पनि बन्न सकेको छैन। हातमा फिस्टुला बनाएरमात्रै सजिलोगरी डायलसिस गर्ने डाक्टरले बताएका थिए। ‘यहाँ त नबनाउने रे, अन्तै ठूलो अस्पताल खोज्नु भनेको छ,’ सुनमायाले भनिन् । निजी अस्पतालमा फिस्टुला बनाउन २५ देखि ३० हजार लाग्ने भएपछि उनीहरू अलपत्र परेका छन् ।

    विपन्नताको सिफारिसअनुसार गाउँको अस्पतालमा नि:शुल्क डायलसिस गर्ने व्यवस्था भएकाले प्रत्यारोपण केन्द्रले पाँचपटक आकस्मिक डायलसिस गरेपछि अरु गर्न मानेको छैन । अस्पतालमै पहिलेदेखि नै एक सय ५१ जनाको नियमित डायलसिस भइरहेकाले नयाँलाई पालो पाउन यसै पनि सम्भव छैन । ‘गाउँको अस्पताल जाऊँ भने फिस्टुलाबिना डायलसिस नगर्ने भन्छ,’ उनले भनिन्, ‘यहाँ फिस्टुला बन्दैन भन्छन्, बिरामी सुताउने कोठा पनि छैन, यसै मर्ने दिन आयो ।’

    सुनमायामा काठमाडौंमा केही आफन्त छन्। तर, घरबेटीले निकाल्ने डरले अस्पतालमै सुत्न बाध्य छिन्। सुत्ने ठाउँ नपाएपछि हिँडेरै रामेछाप जाने उनले बताइन्। ‘सधैं एम्बुलेन्स रिजर्भ गरेर जान खर्च छैन,’ उनले भनिन्, ‘यहाँ बस्नेखाने ठाउँ छैन, अर्काको ठाउँमा जितेर बस्न नसकिँदो रहेछ, मरे पनि गाउँमै गएर मरुँला ।’ बिहीबारमात्रै डायलसिस गरेका काराबहादुर कमजोर देखिएका थिए। दुवै खुट्टा सुन्निएका थिए। तैपनि बास नपाएर हिँड्दै घर जाने आँट जुटाइरहेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.