सलिना गुरुङ्ग
गोरखा – लोपोन्मुख ठाडो गीतको मौलिक भाका सहित गोरखाका धनबहादुर गुरुङ्गले गीत बजारमा ल्याएका छन।
जिल्लाको धार्चे गाँउपालिका ५ सिङ्लाका गुरूङले मौलिक ठाडो भाका ‘लेकाली ठिटो’गीत बजारमा ल्याएको हो।
उत्तरी गोरखामा हुने मेलापर्व, बिहे, छेवर, रोधीघर तिर गाउने निकै प्रचलित ठाडोभाका पछिल्लो समय लोप हुँदै गइरहेकोले ठाडो भाकालाई संरक्षण गर्ने उद्देश्यले यो गीत निर्माण गरिएको गायक गुरूङको भनाई छ।
धन बहादुर गुरूङ र सुनिला गुरूङको स्वर, लय तथा शब्द धन बहादुर गुरूङ र गणेश गुरूङको रहेको छ।
मनाङ गुरूङको निर्देशनमा तयार पारेको म्युजिक भिडियोलाई मरूभुमि नारायणले छायांकन गरेका हुन । गीतलाई बिष्णु शर्माले सम्पादन गरेको हो।
आउनुहोस गीत सुनौं




















