गोरखा समाचारदाता
गोरखा – गोरखामा श्रमजीवि पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयनको अबस्था र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको संयोजन तथा न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भित्र सञ्चालनमा रहेका सञ्चार माध्यमहरुमा न्युनतम पारिश्रमिक कार्यान्वयन अबस्था सन्तोष जनक रहेको सहभागीहरुले बताएका थिए । सहभागीहरुले स्थानीय सञ्चार माध्यम भन्दा पनि राष्ट्रिय स्तरको सञ्चारमाध्यमहरुमा ऐन कार्यान्वयनको अबस्था सन्तोषजनक नहरेको बताएका छन् ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले देशभरीकै सञ्चार माध्यममा पछिल्लो समय श्रमजीवि पत्रकार ऐन कार्यान्वयन शुरु भएको बताए । उनले श्रमजिवी पत्रकारहरुले सञ्चारमाध्यममा काम शुरु गर्दा नियुक्ती पत्र लिएर मात्र काम गर्नुपर्नेमा भन्दै सरकारलाई ऐन कार्यान्वयनमा समितिले सुझाब दिएको बताए ।
अध्यक्ष पराजुलीले सञ्चारमाध्यमहरुले ऐन कार्यान्वयन गर्न राज्यको उपलब्ध गराउने लोक कल्याणकारी बिज्ञानलाई सर्तको रुपमा अघि सार्ने गरेको भन्दै सञ्चारमाध्यमले लोक कल्याणकारी बिज्ञापन पाए पनि नपाए पनि ऐन कार्यान्वयन गर्नै पर्ने बताए ।


