गोरखा समाचारदाता
गोरखा – सदरमुकाममा महिला सदस्यहरुकालागि सञ्चालित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोग र सोच नेपालको समन्वयमा ‘महिला तथा दलित जनप्रतिनिधीहरुा लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्वी’ सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम भएको थियो ।
स्थानिय निर्वाचनमा गोरखा नगरपालिकाको वडाहरुमा निर्वा्चित महिला वडा सदस्यहरुकालागि आईतबार र सोमबार अभिमुखीकरण मार्फत उनीहरुको नेत्तृव विकास र क्षमता अभिवृद्वी गरीएको गोरखा नगरपालिका प्रशासकिय अधिकृत कृण्णकुमारी श्रेष्ठले जानकारी दिईन ।
३३ महिला जनप्रतिनिधीहरु सहभागी भएको अभिमुखीकरण कार्यक्रममा नरहरी सापकोटा, किशोरजंङ थापा, स्थानेश्वर दुवाडी, उत्तम निरौला, लिलानाथ दाहाल र मोहना अन्सारीले प्रशिक्षण गराएका थिए ।
सहभागितहरुलाई महिला नेतृत्व र अवशर, महिला सम्बन्धी कुरीती, विकृती र यसका चुनौती, न्यायिक विषय बस्तु सम्वन्धी संविधान, कानून र स्थानिय तह, सहजीकरण तथा भाषणकला, प्रशासनिक क्षेत्रमा सहजपहुच र नेतृत्व विकास र मिडियाँ महिला र अवस्थाका बिषयमा अभिमुखीकरण गराईएको सोच नेपालका मोहसिन अलिमियाँले जानकारी दिए ।
अभिमुखीकरणको अन्तिम दिन सहभागी महिला जन प्रतिनिधीहरु मेयर बिच अन्रतक्रिया कार्यक्रम समेत भएको थियो ।


