गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा केशवबावु श्रेष्ठ सर्व सम्मत चयन भएको छ ।
श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा बावुराम श्रेष्ठ, सचिवमा ओमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सदस्यहरुमा सिताराम तिवारी, शरोज पोख्रेल, इन्द्रकुमारी देवकोटा बस्नेत, दुर्गा अधिकारी र सन्तमायाँ श्रेष्ठ चयन भएका छन ।
संस्थाको सदरमुकाममा भएको पहिलो साधारण सभा तथा अधिवेशनले लेखा सुपेरिवेक्षण समितिको संयोजकमा भरतकुमार श्रेष्ठ र सदस्यहरुमा उमेश अर्याल र विजुनीदेवी देवकोटा चयन भएको संस्थाले जानकारी दिएको छ ।
जिल्ला भरी कार्यक्षत्र रहेको दैनिक बचत तथा ऋण सहकारी संस्था लि. र उत्थान बचत तथा ऋण सहकारी संस्था लि.विच मर्ज भएर बनेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले ०७५ साल माघ देखी नै सदरमुकामको कालिमाटी बजारमा बैंकिङ काउन्टर चलाएर सेवा दिदै आएको छ ।
संस्थाले रेमाटान्स सेवाका साथै ३ भिन्न प्रकारका ऋण र विभिन्न बचत योजनाहरु समेत सञ्चालन गर्दै आएको छ ।


