गोरखा समाचारदाता
गोरखा – सदरमुकाममा महिला सदस्यहरुकालागि २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोग र सोच नेपालको समन्वयमा ‘महिला तथा दलित जनप्रतिनिधीहरुा लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्वी’ सम्वन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।
स्थानिय निर्वाचनमा गोरखा नगरपालिकाको वडाहरुमा निर्वाचित महिला वडा सदस्यहरुकालागि आईतबार र सोमबार अभिमुखीकरण मार्फत उनीहरुको नेत्तृव विकास र क्षमता अभिवृद्वी गरीने गोरखा नगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागि हुन आएका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले मानवा उत्पाती देखी नै महिलाहरु बहिष्करणमा परेको समुदाय भएको बताईन । उनले यो अवस्थाको परिवर्तनका लागि जनप्रतिनिधीहरु बढी जिम्मेवार भएको भन्दै निर्वाचन पछिको पहिलो ५ बर्ष अवशरमा रुपमा प्रयोग गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरीन ।
कार्यक्रममा गोरखा नगरपालिका ६ का रिता परिवारलाई नगरपालिकाले दोसल्लाह र सम्मान पत्र दिएर सम्मान समेत गरेको थियो । परियारले जातीय विभेद तथा छुवाछुतको ब्यवहारिक अन्त्यका लागि ‘महाकालि–मेची पदयात्रा २०१९’ मा ०७५ साल चैत्र ३ महाकालिबाट पैदल यात्रा गरी ०७६ बैशाख २९ गते मेची पुगेर समापन गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कृण्णकुमारी श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।


