गोरखा समाचारदाता
गोरखा – गोरखाको पालुङटार नगरनगरपालिकामा रहेको एक स्कुललाई कम्प्यूटर हस्तान्तरण गरीएको छ ।
नगरपालिका ३ को लिगलिग राउतेपानीमा रहेको सगरमाथा प्राविलाई अध्ययनमा सहजता ल्याउन स्थानिय स्थानिय दुर्गा श्रेष्ठले २ थान कम्प्यूटर एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो ।
पालुङटार नगरपालिका २ आँपपिपल घर भई हाल काठण्माडौं बस्दै आएका श्रेष्ठले स्कुलमा नै पुगेर डा.लक्ष्मी देवकोटालाई उत्त कम्प्यूटर हस्तान्तरण गरेको बताए । हिजो खरेज भई सकेको स्कुल आज पुनःजिवन पाएको छ । हामीले गर्ने सानो सहयोगले पनि स्कुललाई साथ मिल्छ भने किन सहयोग नगर्ने भनेर सहयोग उपलब्ध गराएको श्रेष्ठले बताए । उनले भोलीका दिनमा स्कुलका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको समेत बताए ।
श्रेष्ठका अनुसार उत्त सामाग्री रु ५५ हजार बरावर हो । राउतेपानीमा सञ्चालित उत्त स्कुल ५२ बर्ष पुरानो हो । स्थानियहरु बिस्थापित हुदै जान थाले पछि मर्जको तयारीमा रहेको उत्त स्कुललाई स्थानियको पहलमा डा.लक्ष्मी देवकोटाले बिगत १ बर्ष देखी सञ्चालन गर्दै आएको हो ।
दलित जनजातिहरुको बाहुल्यता रहेको उत्त स्कुलमा अहिले ७२ जनाले अध्ययन गर्दै छन ।




















