गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषी तथा सहकारी मन्त्रीले जनसंख्या भन्दा पनि सहकारीमा आवद्व भएकाहरुको संख्या धेरै देखिएको बताए ।
सनिबार गोरखा सदरमुकामको एक होटलमा भएको सहकारीको साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री थापाले जन गणनामा देखिएको जनसंख्या भन्दा पनि सहकारीमा आवद्वहरुको संख्या धेरै देखिएको बताएका हुन ।
सदरमुकाममा २ दशक अगाडी देखी बचत तथा ऋणको काम गर्दै आएको उत्थान र दैनिक बचत तथा ऋण सहकारी मर्जर भए पछिको पहिलो साधारण सभामा बोल्दै मन्त्री थापाले समस्या समाधानका मन्त्रालयले मर्जरको निति लिएको बताए । मर्जर संगै मन्त्रालयले सहकरीको लागि नयाँ प्राविधिको सफ्वयरको बिकास भएको भन्दै अब एउटा सहकारीको सदस्य अर्को सहकारीको सदस्य बन्न नपाउने बताए ।
कार्यक्रमको पानसमा बत्ती बालेर उदघाट्न गर्दै मन्त्री थापाले अहिले देशभरीको सहकारीमा ६५ अर्ब भन्दा बढी रकम रहेको बताए । अब सहकारीले ठुला आयोजनाहरुमा लगानी गनुपर्ने आवश्यता रहेको सहकारी मार्फत नै सर्व साधारण तथा न्यून आय स्तर भएकाहरुको उत्थान गर्न जरुरी रहेको बताए ।
केशवबावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री थापाले लामो समय सम्म संस्थाको कर्मचारी भएर काम गरेको भन्दै पूर्व कर्मचारी शवु श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्थाका सचिव काजीराम श्रेष्ठ, हिमचुली बचत तथा ऋण सहकारी संस्थाका प्रेमध्वज थापा मगर, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, तनहुँ बचत तथा ऋण सहकारी संघका देवीबहादुर बस्नेत र सहकारी संघ गोरखाका बावुराम कोईरालाले शुभ कामना मन्तब्य राखेका थिए ।


