गोरखा समाचारदाता
गोरखा – जिल्लाको शहिद लखन गाँउपालिकामा प्रवलीकरण सम्बन्धी तालिम सुरु भएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनःर्निर्माण परियोजनाले वडा नम्बरको ५ को मास्कीछापमा ४ दिने तालिम दिन सुरु गरेको हो ।
तालिमको पहिलो दिन मास्किछाप स्थित स्थानीय तेजबहादुर थापाको ढुङ्गामाटोले बनेको घरमा स्थानीय डकर्मीहरुलाई प्रवलीकरण सम्बन्धी तालिम दिन सुरु गरीएको परियोजना गोरखाका सूचना अधिकारी तारा ढकालले जानकारी दिईन ।
डकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिन सुरु गरीएको हो । यसैबीच परियोजनाले स्थानीय स्तरमा प्रवलीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिका १, आरुघाटमा गाउँपालिका १, धार्चे गाँउपालिकाको काँशीगाँउमा १ र सिरानचोक गाँउपालिकामा १ घरमा प्रवलीकरण गरी सकिएको ई.समिर भट्टराईले बताए । आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले सहित २० घरमा प्रवलीकरण गर्ने लक्ष्य राखेको संयोजक राम सापकोटाले बताए ।


