गोरखा समाचारदाता
गोरखा – गोरखाको राउते पानीमा रहेको सगरमाथा प्राविको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
पालुङटार नगरपालिका ३ को लिगलिग राउतेपानीमो रहेको उत्त स्कुलले स्थापनाको ५२ बर्ष पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रम बिच स्वर्ण महोत्सव सम्पन्न गरेको हो । महोत्सवमा विविध कार्यक्रम गरी सम्पन्न गरीएको थियो ।
स्कुल प्राङणमा भएको समापन कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले पूर्व बिद्यार्थी, शिक्षक र स्कुललाई सहयोग पुरयाउनेहरुलाई सम्मान गरेका थिए ।
०२४ सालमा स्थापना भएको उत्त स्कुलमा अध्ययन गर्ने बिद्यार्थी कम भएको भन्दै नगरपालिकाले गएको बर्ष अर्को स्कुलसंग गाभ्ने तयारी थाले पछि स्थानियले सगरमाथा पुनःजागरण अभियान चलाएर स्कुल संञ्चालनमा ल्याएको थियो ।
अहिले उत्त स्कुलमा ७२ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको छ । स्कुलमा डा.लक्ष्मी देवकोटाले १ बर्ष देखी स्वयमं सेवी भएर शिक्षकको भूमिका निर्वाह गर्दै आएको छ । कार्यक्रममा डा.देवकोटाले अझै पनि आफुले स्कुललाई सकेको समय दिने बताए ।
समापन कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कड्ेल र साँसद हरीशरण आचार्य समेतले शुभ कामना मन्तब्य राखेका थिए ।




















