गोरखा समाचारदाता
गोरखा – गोरखाका साँसद हरीराज अधिकारीले बुढी गण्डकी आयोजना निर्माण राष्ट्रिय एजेण्डा बन्नुपर्नेमा जोड दिए । जिल्लाको आरुघाटमा आयोजित एक कार्यक्रममा साँसद अधिकारीले उक्त कुरा बताएका हुन ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले गोरखा र धादिङको सिमानामा निर्माण हुन लागेको बुढिगण्डकी जलबिद्युत आयोजना निर्माण राष्ट्रिय एजेण्डा बनाउनुपर्ने भन्दै राष्ट्रिय गौरबको आयोजना कुन पनि दल बिशेषको नभएको समेत बताए ।
उनले राष्ट्रिय गौरवको आयोजना भन्ने तर राज्यका लागि कुनै पनि कुरामा सहयोग गर्न अघि नसर्ने काम कसैले पनि नहुने बताए । राष्ट्रको आर्थिक उन्नती र सम्बृद्धिमा आमूल परिवर्तन गर्ने खालका आयोजना निर्माण हुन लाग्दा सरकार र नागरिकले केही न केही त्याग गर्न सक्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा साँसद अधिकारीले नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै पुर्खाले लडेर जोगाएको नेपालको जमिन कसैलाई एकइन्च पनि दिन हुँदैन भन्ने कुरामा बर्तमान सरकार दृढ रहेको बताए । उनले यसका लागि सरकारले कुटनीतिक तहबाट काम गरिरहेको जानकारी दिए ।




















