गोरखा समाचारदाता
गोरखा – गण्डकी गाउँपालिकामा किसान संघ गठन भएको छ । नेपाली काँग्रेस निकट किसानहरुको भेलाले सुन्दर अधिकारीको सभापतीत्वमा नेपाल किसान संघ गण्डकी गाउँपालिका गठन गरेको हो ।
जसको उपसभापतीमा सूर्यमान प्रर्जा, सचिवमा विष्णु घिमिरे, सह सचिवमा सन्दिप कार्की, कोषाध्यक्षमा गीता अधिकारी रहेका छन् ।
यसैगरी सूर्यनारायण श्रेष्ठ, लोकबहादुर पुलामी, कमल थापा, पुरन थापा, बलराम पन्त, सुनिल थापा, हरि ढकाल, गीता देवकोटा, निशा गुरुङ, तोयानाथ लामिछाने, नारायण पन्त, शिवप्रसाद पन्त, जीतबहादुर थापा, कृष्ण नेपाली धुब्र अर्याल, मिठु परियार र कमला श्रेष्ठ सदस्यमा चयन भएको नेपाली काँग्रेस गोरखाका कोषाध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए ।


