गोरखा समाचारदाता
गोरखा – लाप्राकलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु भएको छ ।
धार्चे गाउँपालिका–४ लाप्राक गाउँमा प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्नका लागि स्थानीयहरु लागेका छन् । धार्चे प्रगतीशिल कृषक समूहकी अध्यक्ष तिसमायाँ गुरुङको नेतृत्वमा स्थानीयहरुले चेर्वु खोला देखि पुसु डाँडासम्म सरसफाई गरेको हुन् । ‘प्लास्टिक मुक्त क्षेत्र बनाऔं, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याऔं’ भन्ने नारा सहित ३५ जना स्थानीयहरुले सो क्षेत्रमा छरिरहेका रहेका प्लास्टिक र फोहोर संकलन गरेको लाप्राककी सुम्मी गुरुङले जानकारी दिईन ।
अब प्रत्येक महिनाको १४ गते सरसफाई गर्ने गाउँलेहरुले योजना बनाएका छन् । प्लास्टिकलाई पुनः प्रयोग गरेर चकटी र सजावटका सामाग्री निर्माण गर्न सेचतना समेत फैलाइएको छ ।
तिहारमा देउसी खेलेर संकलन भएको रकम र सामुदायिक वनको पैसाले डस्बिन समेत राखिएको छ ।




















