गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा भएको जिल्ला स्तरिय लोक दोहोरी गीत प्रतियोगितामा सिरानचोक गाउँपालिका पहिलो भएको छ ।
सदरमुकामको खेलकुद मैदानमा भई रहेको दोश्रो गोरखकाली मेलामा भएको अन्तिम चरणमा आरुघाट गाउँपालिकाको समूहलाई पराजित गदै सिरानचोक गाउँपालिका ‘ख’ पहिलो भएको हो ।
प्रतियोगितामा सिरानचोक र गोरखा नगरपालिकाका २/२ समूह सहित १० समूहले प्रतिपस्र्धा गरेको थियो ।
प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठानका रामचन्द्र अर्याल, शीव केसी र नारायण दानीले निर्णायको भूमिका निर्वाह गरेका थिए ।


