गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकामको सरकारी कार्यालय परिषर भित्र रहेको एटिएम सञ्चालनमा आएको छ ।
सरकारी कार्यालयम सेवा लिन आएका सेवाग्राहीहरुलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालयको गेट अगाडी राखिएको राष्ट्रिय बाणिज्य बैंकको एटिएम मेसिन सञ्चालन ल्याएको राष्ट्रिय बाणिज्य बैंक गोरखाले जानकारी दिएको छ ।
सोमबार देखी अनौपचारिक रुपमा सञ्चालन ल्याईएको एटिएम मेसिनको औपचारिक उदघाट्न गर्न बाँकी रहेको शाखा प्रबन्धक कपिल कार्कीले बताए ।
कार्कीका अनुसार सरकारी कारोबार हुने एक मात्र बैंक भएका कारण सर्व साधारण देखी सरकारी काममा आएका सेवाग्राहीलाई पनि सहज होस भन्ने उद्वेश्यका साथ जिल्ला प्रहरी कार्यालयको अनुमतिमा मेसिन राखेर सञ्चालनमा ल्याएको हो ।
त्यस बाहेक पनि सबै प्रहरी कर्मचारीहरुको तलब राष्ट्रिय बाणिज्य बैंक मार्फत कारोबार हुने भएका कारण उनीहरुको सहजताको लागि पनि मेसिनलाई प्रहरी कार्यालयको हाता भित्र स्थापना गरेको हो ।


