- १७ वटा रेलवे स्टेशन समेत बन्द
गोरखा समाचारदाता
काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा आन्दोलन चर्किन थाले पछि केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । भारत सरकारले हालै जारी गरेको नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शनले उग्र रुप लिन थाले पछि दिल्लीको मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।
नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो २ सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई तत्कालै सेवा बन्द गर्न पत्राचार गरे पछि उत्त क्षेत्रको मोबाईल र ईन्टरनेट सेवा बन्द गरीएको थियो ।
त्यसैगरी, दिल्लीको १७ मेट्रो स्टेशन समेत बन्द गरिएको छ । दिल्ली मेट्रोका अनुसार बाराखंभा, बसंत बिहार, मंडी हाउस, उद्योग भवन लगायतको स्टेशन बन्द गरिएको हो । उक्त स्टेशनमा आवतजावत गर्ने ट्रेन रोक्न बन्द गरिएको छ ।
नागरिकता कानूनको विरोधमा बामपंथी पार्टी र मुश्लिम संगठनले बिहिबार भारत बन्दको आव्हान गरेको थियो । शान्तीपूर्ण प्रदर्शनमा उत्रिएका इतिहासकार राम गुहासहित योगेन्द्र राय, प्रशान्त भूषणलाई प्रहरीले नियन्त्रण लिए पछि आन्दोलनले अझ उग्र रुप लिएको छ ।
दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा प्रदर्शनकारीलाई भेला हुन बन्देज लगाइएको छ ।



