गोरखा समाचारदाता/एजेन्सी
काठमाडौं – अष्ट्रेलियामा यो बर्ष ईतिहासकै तातो दिन सावित भएको छ । उच्च तापक्रम भएपछि सरकारले साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ ।
अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । बुधबार उत्त रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिए पछि सरकारले संकटकाल घोषणा गरेको हो । यसअघि २०१३ मा ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
गत् महिना मात्रै अष्ट्रेलियाको विभिन्न स्थानमा गरी १०० ठाउँमा डँढेलो लागेको थियो । मौसम थप प्रतिकूल हुन सक्ने अनुमान गर्दै साउथ वेल्स सरकारले ७ दिनको संकटकाल घोषणा गरेको हो । केही दिन यता एडिलैड, मेलबर्नसहितका प्रमुख शहरको तापक्रम बढ्न सक्ने अनुमान समेत गरिएको छ ।



