×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

साइकल र समाज

  •  
  • शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रुकमिनी सापकोटा साइकलको इतिहास धेरै पुरानो छ । साइकल देख्दा साधारण भएता पनि यसको आविष्कार त्यति सजिलो थिएन । जब साइकलको आविष्कार भयो, यो धेरै लोकप्रिय आविष्कारको रुपमा गनियो । पहिले आविष्कार भएको साइकल र अहिले हामीले प्रयोग गर्ने साइकलमा धेरै भिन्नता छ । सन् १४१८ मा एक इटालियन इन्जिनियरले मानव सन्तुलित बाहन जसको बनाए जसको ४ वटा पांग्रा थियो । यसको ४ सय वर्षपछि अर्थात १८१३ मा जर्मनीका कार्लस ड्रेसले ४ वटा पांग्रा भएको साइकल बनाए । त्यसपछि साइकलको विकास हुने क्रम सुरु भयो ।

    आजको समयमा इन्जिनयुक्त यान्त्रिक साधनको बढ्दो प्रयोगले गर्दा साइकलको प्रयोग घटेर गएको छ । तर यसको महत्व भने कहिले घटेन । पछिल्लो समय पेट्रोल र डिजेलले चल्ने बाहनहरुले धेरै प्रदूषण गरिरहेको सन्दर्भमा फेरि साइकलको लोकप्रियता बढ्दै गएको छ । नेदरल्याण्ड जस्तो विकसित देशमा साइकललाई विशेष महत्व दिइएको छ ।नेपालको साइकल राजधानी भनेर चिनिने चितवनमा केहि समयअघि सम्म साइकलको महत्व धेरै थियो । चाहे त्यो दुध बेच्न होस्, तरकारी बेच्न होस् वा अफिस तथा काममा जाँदा होस् । तर बढदो सहरीकरण र आधुनिकीकरणको कारण यसको प्रयोग घट्दै गएको देखिन्छ । अहिले पनि विभिन्न वित्तीय संस्थामा काम गर्ने व्यक्ति, पत्रिका बाँड्ने व्यक्ति र केही दैनिक कामकाजमा जाने व्यक्तिहरुले साइकलको प्रयोग गरिरहेका छन् । तर स्कुल, कलेजमा अध्ययनरत अधिकांश युवा पुस्ता भने विभिन्न किसिमका मोटरसाइकलप्रति आकर्षित भएका छन् ।

    पछिल्लो समय संसारका विभिन्न देशहरुमा साइकलको प्रयोग बढिरहेको छ । चिन, नेदरल्याण्ड, भारत जस्ता देशमा साइकल प्रयोग गर्ने चालक राम्रो देख्न सकिन्छ । साइकल चलाउन डिजल तथा पेट्रोलको आवश्यकता नहुने र यसको प्रयोगले पर्यावरणलाई जोगाउन सहयोग गर्छ । अहिले विशेष गरी नेदरल्याण्डमा साइकल र यसबाट हुने फाइदा स्वास्थ्य र पर्यावरण भन्ने नाराका साथ उच्च ओहोदामा रहेका सरकारी तथा सामाजिक संस्था र समाजमा रहेका व्यक्तिले आफ्नो नजिकका कामहरु गर्न साइकल नै प्रयोग गर्ने गरेका छन् । हाम्रो देश हिमाल, पहाड र तराइ मिलेर बनेको छ । अझ हाम्रो देशमा साइकल र यसको महत्वको बारेमा सरकारी तवरबाटै बढावा दिन सकियो भने विदेशीहरु साइकिलिङ गर्नको लागि मात्र हिमाल, पहाड आउनेछन् । यसले हाम्रो पर्यटन क्षेत्रमा उल्लेख्य फाइदा पुग्न सक्ने देखिन्छ । नेपालका सुन्दर भुभागमा जानको लागि साइकल लेन विकास गर्न सके साइकल चालकको पनि नेपाल पर्यटक नगरी बन्न सक्छ ।

    अहिले नेपालमा पनि साइकल चलाउने विभिन्न क्लबहरु गठन भएका छन् र सो क्लबले पनि साइकल चलाउन प्रोत्साहन गरिरहेका छन् । साइकललाई मनोरञ्जन र स्वास्थ्यसँग मात्र नजोडी एउटा असल साथी, आफ्नो सारथी पनि बनाउन सके साइकल चलाउनको लागि छुट्टै समय निकाल्नु पर्दैन ।

    दैनिक जीवनमा गरिने क्रियाकलापमा साइकल प्रयोग गर्न सकियो भने मात्र पनि मधुमेह, मुटुरोग, तथा मोटोपनबाट लाग्ने रोगबाट बच्न सक्छौं । हामी शहरका व्यक्तिहरु आफ्नो स्वास्थ्यको ख्याल गर्दै विभिन्न व्यायामशालातिर समय खर्च र पैसा खर्च गरिरहेका छौं तर त्यो समयभन्दा थोरै समय दैनिक जीवनमा साइकल चलायांै भने समय र पैसा दुवैको बचत हुने देखिन्छ । साइकल चलाउँदा शरीरको मांसपेशी बलियो हुने, मुटुको रोग नलाग्ने, वजन घट्ने, रोग प्रतिरोधात्मक शक्ति बढ्ने, तनाव घट्ने आदि इत्यादिबाट फाइदा लिन सकिन्छ ।

    बढ्दो सहरीकरणको कारण अहिले हामी मात्र होइन हाम्रा १६/१७ वर्षका बच्चाहरुलाई मोटरसाइकल चलाउन प्रोत्साहन गरिरहेका छौं । त्यसैगरी हामीले ठूलो राशी मोटरसाइकल किन्नको लागि खर्च गरिरहेका छौं । जसले गर्दा अहिले कलेज पढ्ने भाइ बहिनीहरुको सबैभन्दा बढी दुर्घटना भएको तथा कलिलो उमेरमा ज्यान गएको समाचार सुन्न परिरहेको छ । हामीले मोटरसाइकल होइन उनीहरुको मृत्यु किनिदिएको जस्तो भइरहेको छ । राज्यबाट, स्थानीय सरकारबाट, संघसंस्थाहरुबाट स्कुलैदेखि बच्चाहरुलाई साइकल र यसबाट हुने फाइदाबारे बुझाउन स्कुल तथा कलेजमा बेलाबेलामा विभिन्न कार्यक्रम राखी बच्चाहरुलाई साइकलप्रति चाख बढाउन सकियो भने त्यो नै हाम्रो जित हुनेछ ।

    म एक शिक्षिकाका साथसाथै साइकलप्रेमी पनि हुँ । मेरो सोचाइ साइकल खाली बिहान चलाउने साधनको रुपमा नबनाइ दैनिक सम्भव भएसम्म प्रयोग गर्न प्रोत्साहन गर्दछु । स्कुल कलेजले पनि साइक चलाएर आउने विद्यार्थीहरुलाई केही सहुलियत दिन सकेमा, कलेज आउँदा मोटरसाइकल प्रयोग गर्न रोक लगाउन सकेमा साइकलप्रति विद्यार्थीलाई चासो बढ्ने थियो साथै दुर्घटनाको दर पनि कम हुने थियो ।

    वर्तमान समयमा महंगो साइकल चलाउनेलाई मात्र साइकल यात्री भनेर दर्जा दिइरहेको देखिन्छ । सबै खालको साइकल एउटै हुन् र सबैलाई खुट्टाले नै चलाउनु पर्दछ । केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले पनि साइकल चलाएर अफिस आउने जाने व्यक्तिहरुलाई पुरष्कृत गर्न सक्नु पर्दछ । राइडर्स क्लबले पनि सबैखाले साइकल चालकलाई समेट्न सकियो भने अझ साइकल यात्रीहरुलाई प्रोत्साहन मिल्ने थियो र यसप्रतिको आकर्षण बढ्ने थियो । मंसिर २० गते उद्योग वाणिज्य संघबाट हुने साइकल ¥यालीले पनि महानगरपालिकालाई साइकल लेन बनाउन दबाब पक्कै दिनेछ । उद्योग वाणिज्य संघले पहल गरेको र अन्य संस्थाहरु आबद्ध भएर गर्न खोजिएको कार्यक्रमलाई म धन्यवाद दिन चाहन्छु ।

    यहि आउँदो शनिबार मंसिर २१ गते बालकुमारी अलुम्नीले साइकल रयाली गर्दैछ । सो साइकल ¥यालीको मुख्य उद्देश्य ससाना उमेरदेखि नै बालबालिकालाई साइकलप्रति चाख बढोस् भन्ने नै हो । बालकुमारी अलुम्नीले आयोजना गर्न लागेको साइकल रयालीप्रति म आभारी छु र म चाहन्छु सो रयालीमा साधारण साइकल चलाउने चालक पनि उपस्थित भएमा अझ सुनमा सुगन्ध हुने थियो । यो कार्यक्रमले जनमानसमा वातावरण र स्वास्थ्यका लागि साइकल चलाउनु पर्छ भन्ने नारा दिनेछ । यस्तो कार्यक्रम गर्न खोजिएकोमा बालकुमारी अलुम्नीलाई धेरै धेरै बधाई र धन्यवाद दिन चाहन्छु । अन्तमा मैले समाजमा रहेका थोरै मात्र व्यक्तिलाई पनि साइकलप्रति मोह जगाउन सकेँ भने आफू सफल भएको ठान्नेछु ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.