गोरखा समाचारदाता
गोरखा – गोरखाका मुस्लिम समुदायले पैगम्बर हजरत मोहम्मदको १४४१ औ जन्म जयन्ती धुमधामका साथ मनाएका छन् ।
अरबिक महिनाको रब्बिउल औवलको १२ तारिखका दिन बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शरहमा पैगम्बर हजरत मोहम्मदको जन्मभएको थियो ।
त्यसै दिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने इद मिला दुन नविको दिनका रुपमा मनाउने गर्दछन् ।
यस दिनमा मुस्लिम समुदायका सबै मानिस आ-आफ्नो वस्तिको मस्जिद वा मद्रसाहरुमा भेलाभई मिलाद सरिफ पढ्ने, पैगम्बर मोहम्मदको प्रशसां गर्ने, पवित्रधर्म ग्रन्थ कुरानको वाचन गर्ने, दुवा गर्ने, सबै मानिसलाई पैगम्बर मुहम्मदको बाटोमा हिड्न आग्रहगर्ने, विश्व शान्तिका लागी रयाली गर्ने प्रचलन रहेको मुस्लिम अगुवा महिबुब मियाँले जानकारी दिए ।
यसै सन्दर्भमा जिल्लाका बिभिन्न मुस्लिम बस्तीहरुमा शान्ती रयालीको समेत आयोजना गरिएको छ ।
बिश्वशान्ति, मेलमिलाप, र मुहम्मदको प्रशंसा सहितका शब्दहरु लेखिएका ब्यानर, प्ले कार्ड सहित गोरखा नगरपालिकाको ताप्ले, आरुघाट लगायत स्थानमा रयाली भएको मियाँले बताए । रयाली पश्चात भएको मिलाद कार्यक्रममा स्थानिय धार्मिक गुरुहरुले सम्बोधन समेत गरेका थिए ।
मोहम्मद जयन्तीका दिन केहि बर्षयता सरकारले दिदै आएको विदा कटौती गरेपछि मुस्लिम समुदाय रुष्ट बनेका छन् ।



