गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको एक स्कुलमा अपराध र ट्राफिक ब्यवस्थापन सम्बन्धी एक दिने सचेचना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्रतर्गत स्कुले विद्यार्थीहरुलाई बालबालिका सम्वन्धी अपराध र ट्राफिक ब्यवस्थापन सम्वन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
गोरखा नगरपालिका ८ को आहालेमा रहेको सरस्वती माविमा अध्ययनरत कक्षा ९ देखी १२ सम्मका १५० जना बिद्यार्थीहरुलाई आत्माहत्या, बालबिवाह, साईबर क्राईम, जबरजस्ती करणी र ट्राफिक ब्यवस्थापन सम्वन्धी सचेतना मुलक कक्षा सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक कमला नराल, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकका साथै आन्तरीक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत शिव लम्सालले प्रशिक्षण गराएका थिए ।



