गोरखा समाचारदाता
नवलपुर – नवलपुरको फारम क्षेत्रमा बलेरोले ठक्कर दिदाँ मोटरसाईलमा सवार २ जना पुरुषको ज्यान गएको छ ।
महेन्द्रराजमार्गको कावासोती नारायणगढ खण्डको फारममा नम्बर नखुलेको सेतो रंगको बलेरोले लु. ४१ प २९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बलेरोको ठक्करबाट पाल्पा पोखराथोकका २२ वर्षीय राजेश नेपाल र उनका एक साथीको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान जाने अर्को ब्यक्तिको भने सनाखत हुन सकेको छैन ।
उनीहरुको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो ।
ठक्कर दिने बलेरोको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
साँकेतिक तस्बिर



