गोरखा समाचारदाता
काठमाण्डौं – प्रहरीले राजधानीको चोभार क्षेत्रबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कीर्तिपुरको चोरभार क्षेत्रबाट पक्राउ परेकामा काठमाडौंका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रेहेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाका अनुसार उनीहरूको साथबाट अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली समेत बरामद भएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको बा. १७ च ८३६४ नम्बरकोे गाडी समेत नियन्त्रणमा लिइएको छ ।



