×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

क्षेत्र नम्बर १ का ३४ योजनामा छ करोड विनियोजन

  •  
  • बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत गोरखा क्षेत्र नम्बर १ को रकम बाँडफाँड भएको छ । सांसद हरिराज अधिकारीको संयोजकत्वमा रहेको समितिले ६ करोड रुपैयाँ विभाजन गरेको हो ।

    पूर्वाधार बिकास तर्फको सडक, सामुदायिक भवन निर्माण, खानेपानी लगायतका शीर्षणमा बजेट विनियोजन गरिएको छ । ‘स्थानीयको चाहना र आवश्यतालाई मध्येनजर गरी रकम बाँडफाँड गरेका छौं’ गोरखा समाचारलाई संक्षिप्त प्रतिक्रिया दिदै सांसद अधिकारीले भने ‘स्थानीय तहको सुझावलाई पनि हामीले ग्रहण गरेको अबस्था छ ।’

    नेता कार्यकर्ता केन्द्रिय बजेट बिनियोजन गर्ने संस्कारबाट आफू पनि मुक्त हुन नसकेको भन्दै उनले आगामी दिनमा यसलाई सच्याउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हो स्वभावैले त्यो कुरा हुन्छ नै’ उनले भने ‘मैले अझै तिन वर्षको रकम वितरण गर्नु छ । भएका कमि कमजोरी बिस्तारै सच्याउदै लैजाने सोच बनाएको छु ।’

    जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, आरुघाट गाउँपालिका पुर्णबहादुर दाहाल, शहिद गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ सहित जिल्लामा क्रियाशिल राजनितिक दलका नेताहरुसँग सांसद अधिकारीले परामर्श लिएका थिए ।

    क्षेत्र नम्बर १ का सात स्थानीय तहका कुल ३४ वटा योजनामा उक्त बजेट विनियोजन गरिएको छ । गण्डकी गाउँपालिका २ को ठुटेपिपल पाथीस्वाँरा घ्याप्रिङगाउँ दलभञ्जाङ सडक, शहिद लखन गाउँपालिकाको ५, ६ र ७ को बुंकोट देउराली रानास्वाँरा चिसोपानी तिनमाने सडक, भीमसेन थापा गाउँपालिका ६, ७ र ८ को अंश्राङ रिप अमला भञ्जाङ नारायणपुर हेल्थपोष्ट सडक, आरुघाट गाउँपालिका ४ को आरखेत थुमी गणेश मावि बासपुर मालस्वाँरा सतिडाँडा सडक, धार्चे गाउँपालिका ५ र ७ को गुम्दा पौटु लापु सडक, गोरखा नगरपालिका ५ को गोरखा क्याम्पस नाङ्लेपानी सानो रिप अमराई बेनीखोला सडक स्तरोन्नतीको लागि क्रमश ५०÷५० लाख बजेट बिनियोजन गरिएको छ ।

    त्यसैगरी चुमनुब्री गाउँपालिका २ को ल्हो हेलिप्याड र हेलिप्याडसम्म जाने मुलबाटो निर्माणको लागि १५ लाख र वडा नम्बर ३ को बुद्ध आवासिय मावि सिद्धिबासको गेट निर्माणको लागि १० लाख छुट्याइएको छ । त्यस्तै चुमनुब्री गाउँपालिका ६ चुम्चेतको सिम्चेतमा सामुदायिक भवन निर्माण, वडा नम्बर ४ को प्रोक सामुदायिक भवन निर्माण, धार्चे गाउँपालिका ४ को लाप्राक आमा समूह भवन निर्माण र वडा नम्बर ५ को यमगाउँ महिला सामुदायिक भवन निर्माण, २ को रुन्चेत सामुदायिक भवन निर्माण, ५ को सिङ्ला सामुदायिक भवन निर्माण, भीमसेन थापा गाउँपालिका ५ को सहिद स्मृती भवन तथा पार्क मर्मत, वडा नम्बर ३ को दलित बस्ती सामुदायिक भवन निर्माण, ४ को काशीखोला भगवती मावि सडकको नाला निर्माण, १ सपुङ्गे तालखोला सडक स्तरोन्नती, शहिद लखन गाउँपालिका ६ को हिमालय युवा क्लवको सामुदायिक भवन निर्माण, ७ को मकैपुर भण्डारीगाउँ सामुदायिक भवन निर्माण र ८ को हाडेखोला चौरमन्दिर नजिक सामुदायिक भवन निर्माणको लागि क्रमश १०÷१० लाख रकम छुट्याइएको छ ।

    यसैगरी शहिद लखन गाउँपालिका १ को बक्रेश्वरी माविको गाहो सहित उकास्ने, वडा नम्बर ९ को जनशक्ति माविको खेलमैदान निर्माण, गण्डकी गाउँपालिका १ को विजय भवानी माविको कम्पाण्ड निर्माण, २ को भलाया डाँडा महिला सामुदायिक भवन निर्माण, ८ को बेनीगाउँ चण्डिभञ्जाङ युवा क्वलको सामुदायिक भवन निर्माण, गोरखा नगरपालिका २ को ताप्ले तल्लो कोखे खानेपानी योजना निर्माण, ६ को पर्यटन सूचना केन्द्र निर्माण, ३ को नारेश्वर दलित कृषक सेवा समाज समूह भवन मर्मत, आरुघाट गाउँपालिका ५ को स्थानिका आधारभूत विद्यालयको कम्पाण्ड निर्माण, ८ को ग्यापिन थोक साततले भिर पिपलडाँडा सडक स्तरोन्नती र ९ को आरुटार खेलकुद मैदान निर्माणको लागि पनि क्रमश १०÷१० लाख रकम विनियोजन गरिएको छ ।

    उता धार्चे गाउँपालिका ५ को माछिखोला सामुदायिक भवन मर्मतका लागि १५ लाख, गण्डकी गाउँपालिका ५ को रानीस्वाराँ सामुदायिक भवन निर्माण गर्न १४ लाख ६० हजार र अनुसुचि ३ बमोजिम जिल्ला समन्वय समितिलाई ५ लाख ४० हजार प्रशासनिक खर्च गरी कुल ६ करोड रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिका दीपक गुरुङले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.